सुनको मूल्यमा नयाँ रेकर्ड, अझै बढ्ने संकेत

Feb 18, 2020 12:19 PM MeroLagani



सुनको भाउ उच्च रुपले बढेर मंगलबार हालसम्मकै ऐतिहासिक उचाइ ७६ हजार ७०० रुपैयाँ पुगेको छ। यसअधि छापावाला सुन ७६ हजार ५०० रुपैयाँको उच्च विन्दुमा कारोबार भएको थियो। मंगलबार तोलामा २०० रुपैयाँले बढेर सुनको भाउले उक्त रेकर्ड तोडेको हो। 

गत आइतबार र सोमबार छापावाला सुन प्रतितोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय सुनको खपत समेत बढ्दै गएको छ। सुनको खपत बढेसँगै बैंकहरुले सुन आयात समेत बढाएका छन्।

  • किन बढ्यो सुनको भाउ?

सुनको भाउ बढ्नुमा कोरोना भाइरसको असर नै मुख्य कारण रहेको सूनचाँदी व्यवसायी तेजरत्न शाक्य बताउछन्।

उनका अनुसार कारोना भाइरसको कारण विश्वकै अर्थतन्त्र अस्तब्यस्त रहेको अवस्थामा लगानीकर्ताले अन्य क्षेत्रभन्दा सुनमा लगानी सुरक्षित देखेकाले सुनतर्फ लगानीकर्ताको आकर्षण बढेको छ।

कोरोना भाइरसका असरका कारण अहिले विश्व शेयर बजार लगाएतका अन्य क्षेत्रहरुपनि सुस्त छ। जसले गर्दा अन्य क्षेत्रभन्दा सुनमा लगानीकर्ताको आकर्षण बढी हुँदा अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्न पुगेको हो।

नेपालमा सुन अन्तराष्ट्रिय बजारको मूलयकै आधारमा तय गरिने हुँदा नेपामा पनि सुनको भाउ उच्च रुपले बढेका छ।

शाक्यका अनुसार सुनको मूल्य अझै बढ्न सक्ने संकेत देखिएको छ। नेपालमा सुनको भाउ ८० हजार रुपैयाँसम्म पुग्नसक्ने संकेत देखिएको उनले बताए।

  • सुन खपत पनि बढ्यो

पछिल्लो समय सुनको खपत पनि बढ्दै गएको देखिएको छ। सुन खपत बढेसंगै बैंकहरुले सुन आयात तिब्र पारेका छन्।

बैंकर्स एशोशियसनका कार्यकरी अधिकृत अनिल अधिकारीका अनुसार माघमा मात्रै बैंकहरुले ६०० किलो सुन आयात गरेका छन्।

मंसिर मसान्तसम्म १ हजार २५० किलो सुन आयात गरेका बैंकहरुले पुस मसान्तसम्म १ हजार ४५० किलो सुन आयात गरेका छन् माघ मसान्तसम्ममा २ हजार ५० किलो सुन आयात गरेका छन्।

माघमा विवाहको लगन बढी हुने हुँदा सुनको खपत बढेको हो।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।