सत्ताको राजनीतिमा व्यापार वार्ता एउटा अभ्यास जस्तै भइसकेको छ

Feb 18, 2020 06:09 PM Merolagani

रघुराम जी. राजन, भारतीय अर्थशास्त्री 

यो दशकको अन्त्यसम्ममा विश्वव्यापीकरण गम्भीर दबावको स्थितिमा आउनेछ । पछिल्लो समयको अवस्थालाई हेर्दा विश्वव्यापीकरण (बस्तु, सेवा लगानी र सूचनाको सीमापार प्रवाहका लागि सिर्जित बाधाहरु कम गर्ने विषय) मा गम्भीर दबाव आउने देखिएको हो । 

विभिन्न देशका कयौँ चर्चित राजनेताहरुले अरु देशको अर्थतन्त्र गलत भएको भन्दै विभिन्न प्रकारका आरोप लगाए र यसअघि भएका व्यापार सम्झौतालाई पुनः लेख्न वा सच्याउनका लागि समेत दबाब दिए ।

विकासशील देशहरुले अन्तराष्ट्रिय व्यापारलाई नियन्त्रण गर्ने खालका नियमहरु अनुचित भएको भन्दै दशकौँसम्म तर्क र बहस गरे । तर पहिले जुन विकसित देशहरुले त्यस्ता अनुचित नियम बनाए उनीहरुले नै किन सोही प्रकारको गुनासो गरिरहेका छन् त?

यसका लागि एउटा सरल तर अपर्याप्त उत्तर भनेको प्रतिस्पर्धा हो । सन् १९६० र १९७० को दशकमा औद्योगिक देशहरुले आफ्नो बस्तुका लागि विदेशी बजार खुल्ला गर्न र सोही अनुसारका नियमहरु स्थापित गराउन ध्यान केन्द्रित गरे । तबदेखि नै राष्ट्रहरुका बीचको रस्साकस्सी सुरु भयो ।

बाहिरबाट हेर्दा विकसित देशहरुले नियमहरुमा पुनर्लेखन तथा सुधार गरेर राम्रो गर्न खोजेको भन्दा पनि प्रतिस्पर्धालाई विफल पार्न खोजेको जस्तो देखिन्छ । उदयीमान बजारका उत्पादकहरु प्रतिस्पर्धी हुनुको एउटा मुख्य कारण उनीहरुले आफ्ना श्रमिकहरुलाई कम मात्रामा तलब तथा ज्याला भुक्तान गर्ने गर्दछन् ।

त्यसैले,अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (यूएसएमसीए) ले सन् २०२३ सम्ममा मेक्सिकोबाट उत्पादन हुने अटोमोबाइलमध्ये ४०–४५ प्रतिशत उत्पादनमा कम्तीमा १६ डलर प्रतिघण्टाका दरले काम गर्ने श्रमिकहरुको योगदान हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले मेक्सिकोको फाइदालाई सीमित गर्छ । यद्यपी यसबाट विभिन्न प्रकारका श्रम सुरक्षाको प्रत्याभूति हुन्छ । अमेरिकी वार्ताकारहरुद्धारा मेक्सिकन श्रमिकहरुका लागि ल्याईएको सहानुभूतिपूर्ण सम्झौता मेक्सिकोमा उत्पादनजन्य तथा निर्माणजन्य क्षेत्रमा रोजगारीको संख्या सीमित गर्ने अमेरिकी प्रयासको रुपमा देखिन्छ ।

तर निर्माणजन्य क्षेत्रको रोजगारी दशकौँदेखि उदायीमान बजारतर्फ गइरहेको छ । यस्तोमा गुमेको उत्पादनजन्य तथा निर्माणजन्य क्षेत्रको रोजगारीलाई प्रतिस्थापन गर्नका लागि विकसित राष्ट्रहरुले सेवा क्षेत्रमा रोजगारी सिर्जना गरिरहेका छन् ।

दुर्भाग्यवश, विकसित देशका सबै मानिसहरु राम्रो सेवा क्षेत्रमा जान सक्षम भने छैनन । सबैभन्दा सक्षम र उत्कृष्ट जनशक्ति ठूला शहरी क्षेत्रहरुमा रहेका छन्,जहाँ विश्व बजारलाई बुझेर सोही अनुसारको सेवा दिन सक्ने सक्षम पेशेवारहरु रहेका छन् । तर सानो सहरहरुः जस्तो कि, अमेरिकी मध्यपश्चिम क्षेत्र र उत्तरी इंगल्याण्डमामा ठूला निर्माणजन्य रोजगारदाताहरु त्यहाँबाट विस्थापन हुँदा ती क्षेत्रहरु आर्थिक रुपमा सक्षम हुन सकिरहेका छैनन् ।

यस्ता उत्पादनजन्य क्षेत्रको विनाश र त्यहाँ बस्ने मानिसहरुको निराशाले अन्ततः त्यस्ता राजनीतिक आन्दोलनहरुलाई उर्जा दियो, जसले गर्दा डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति पदमा आसिन गरायो र अब त्यस्तै मानिसहरुका कारणले गर्दा नै बेलायतलाई यूरोपियन संघबाट बाहिर गराउनेछ । प्रविधिको विकाससँगै विभिन्न प्रकारका सुविधाहरुबाट पिछडिएका समुदायले अब पुरानो निर्माण कार्य फिर्ताको माग गर्दै राजधानी शहरमा आवाज उठाएका छन् ।

तर हालसम्म उक्त स्पष्टीकरण भने अस्पष्ट रहेको छ । उदाहरणका लागि चीनका साथ अमेरिकाको अधिकांश विवाद निर्माणका बारेमा छैन । त्यो सेवाका बारेमा  छ । यद्यपी शीर्ष १० सेवा निर्यातकहरुमध्ये ८ निर्यातकर्ताहरु विकसित देश नै रहेका छन् । उदयीमान बजार प्रतिस्पर्धा बढिरहेको छ र यसले उन्नत अर्थव्यवस्था भएका क्षेत्रद्धारा नयाँ सेवा सम्बन्धि व्यापार नियमहरुलाई लागू गर्नका लागि थप उत्साह प्रदान गरिरहेको छ । स्पष्ट रुपमा, यसले सेवाका लागि खुल्ला सीमानाको निरन्तरताको सुनिश्चितता प्रदान गर्नेछ । तर प्रभावशाली विकसित देशका उत्पादकहरुलाई फाइदा सुरक्षित गर्ने एउटा अहम् अवसर पनि हुनेछ ।

समग्रमा अन्तराष्ट्रिय व्यापार र लगानी व्यवस्थामाथि दुई कारक तत्वहरुले चिन्ता बढाएका छन् । विकसित देशमा पिछडिएका साधारण मानिसहरु तत्कालीन व्यवस्थालाई स्वीकार गर्नका लागि तयार छैनन् । उनीहरु हितको रक्षा गर्न र आफ्नो आवाज सुनियोस् भन्ने चाहन्छन् । पुरानो त्यो समय जब धनी देशका कुलीन वर्गहरुले तबसम्म उत्पादन र उत्पादनजन्य क्षेत्रहरुलाई बेवास्ता गरे, जबसम्म उनीहरुले आफ्नो व्यवसाय विस्तार गरेनन् । तर हाल यो सम्भव छैन । सोही समयमा उदयीमान अर्थव्यवस्थाका कुलीन वर्गहरु सेवाका लागि विश्व बजारको हिस्सा चाहन्थे, तर अब उनीहरु त्यसो चाहदैनन् ।

यसरी हेर्दा अब कुनै पनि प्रकारको व्यापार सम्झौता सहज देखिदैन । सत्ताको राजनीतिमा व्यापार वार्ता एउटा अभ्यास जस्तै भइसकेको छ । उच्च शुल्कको वृद्धिको खतरा बजार बन्द गर्नका लागि नभई राजनीतिक शक्तिको खेलका रुपमा रहेको छ । कमजोर वर्गमाथि निष्पक्ष नियम लागू गर्नु भन्दा पनि आफ्नो शक्ति प्रदर्शन गर्ने काम भइरहेको छ । व्यापार वार्ताका विशेषज्ञहरुका अनुसार, यो सधैँ यसरी नै चलिरहेको छ । एउटा महत्वपूर्ण फरक भनेको विगतको तुलनामा उदयीमान बजारमा मानिसहरु अधिक मात्रामा लोकतान्त्रिक रुपमा समावेश भएका छन् । जब मेक्सिकन बिजनेस चेम्बरका प्रमुखले यूएसएमसीएको श्रम र अनुगमन प्रावधानलाई सन् १९४८ को मेक्सिकन–अमेरिकन युद्धसँग तुलना गरे मेक्सिकन जनताहरुले सुने ।

त्यसैले, कुनै पनि धनी राष्ट्रहरुले अन्य देशमा कष्टदायक नियम लागू गरेर सफलता प्राप्त गर्दा उसले पनि ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । यसैगरी विकसित देशभित्रै पनि लागू गरिएका ती नियमहरुमा आम सहमति छ कि छैन भन्ने स्पष्ट छैन । व्यापार सम्झौतामा त्यस्ता विवादास्पद नियमहरु राख्नु भनेको त्यस्ता व्यापार सम्झौताहरुलाई कमजोर बनाउनु हो । यसका अलावा, यस्ता सम्झौताहरुले खराब व्यवहार प्रदर्शन गर्दछ । यसरी गर्दा भविष्यमा विश्वका प्रभावशाली उपभोक्ताहरु उदयीमान अर्थव्यवस्थाका धनी र सक्षम नागरिकहरु हुने देखिन्छ ।

हाल जो मानिसहरुले कमजोर देशहरुमाथि प्रतिकुल तथा बेफाइदाजनक व्यवस्था दमित गरेर बसेका छन्, सोही समान व्यवस्था कुनै दिन उनीहरुमाथि फर्केर आएमा वा उनीहरुले पनि सोही व्यवस्थाको सामना गर्नुपरेमा आश्चर्य मान्नुपर्ने हुँदैन ।

(एजेन्सीको सहयोगमा सविना बजगाइकाे अनुवाद)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।