नेप्से सूचक १ हजार ४०० विन्दुमा, काराेबार रकम २ अर्ब माथि

Feb 18, 2020 03:41 PM merolagani



साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारमा २ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ। अघिल्लो दिन ३४ अंकले बढेर हालसम्मकै दोस्रो सर्वाधिक रकमको कारोबार भएकोमा मंगलबार पनि कारोबार रकम २ अर्ब माथि पुगेको हो। 

यस दिन १८१ वटा कम्पनीको ५४ लाख ६८ हजार कित्ता शेयर २ अर्ब १२ करोड रुपैयाँमा खरिद बिक्री भएको छ भने नेप्से सूचक १.७७ अंकले बढेर १४००.०१ विन्दुमा कायम रहेको छ।

यस दिन कारोबारमा आएका १२ वटा उप समूहमध्ये पाँचवटा उपुसमुहका सूचक सकारात्मक देखिए भने बाँकी ८ वटा उप समूहको सूचक नकारात्मक देखिएका छन्।

मंगलबार एनआइसी एशिया बैंकको सबैभन्दा धेरै १० करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनएमबि बैंकको ९ करोड ५९ लाख, हिमालयन डिस्टीलरीको ९ करोड १४ लाख, शिवम सिमेन्ट्सको ७ करोड ५६ लाख र नेपाल लाइफइन्स्योरेन्सको ६ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कालिका माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.८७ प्रतिशतले बढेको छ भने, घलेम्दी हाइड्रोको ९.५२ प्रतिशतले बढेको छ। माउन्टेन हाइड्रोको ४.३० प्रतिशतले बढेको छ भने राष्ट्रिय वीमा कम्पनीको ४.२४ प्रतिशतले बढेको छ।

यता लक्ष्मी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.६८ प्रतिशतले घटेको छ भने पाँचथर पावर कम्पनीको ४.५१ प्रतिशत, सेन्ट्रल फाइनान्सको ३.८४ प्रतिशत र गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फामइनान्सको ३.६७ प्रतिशतले घटेको छ।

यस दिन कारोबारमा आएका कम्पनीहरुमध्य ९८ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४६ वटा कम्पनीको शेयरमूल्य बढ्को छ। त्यस्तै १८ वटा कम्पनकिो शेयरमूल्यमा भने कुनै परिवर्तन भएन।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।