एउटै बीमालेखबाट श्रीमान/श्रीमति दुबैले लाभ नपाउने

Feb 19, 2020 05:30 PM Merolagani



बीमा समितिले दाम्पत्ति बीमालेख रोक्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । फागुन ७ गते बुधबार समितिले जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै दाम्पत्ति बीमालेखमा पति/पत्नी दुबैले पाउने लाभ रोक्न निर्देशन दिएको हो ।

समितिबाट स्वीकृति लिएका तथा स्वीकृतिका लागि पेश हुने जीवन बीमालेखहरुमा पति/पत्नीको सुरक्षण लाभ समाबेश नगर्न जीवन बीमा कम्पनीहरुलाई परिपत्र पठाएको हो ।

बीमाको आधारभूत मूल्य मान्यता भन्दा बाहिर गएर दाम्पत्ति बीमाको दुरुपयोग हुन थालेपछि पति/पत्नीको सुरक्षण लाभ रोक्न समितिले निर्देशन दिएको हो ।

दम्पति बीमाको दुरुपयोग सुरु भएको भन्दै समितिले यस्तो व्यवस्था लागू गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी गराए । एक जनाको आम्दानी देखाएर बीमा प्रिमियम तिर्ने र दुबै जनाले लाभ पाउने व्यवस्था व्यवहारिक नभएको समितिका कार्यकारी निर्देशक पौडेलको भनाई छ ।

पछिल्लो समय बीमा कम्पनीहरुले एउटै बीमालेखबाट श्रीमान/ श्रीमती दुबैको बीमा सुरक्षा हुने बीमालेखहरु आक्रमक रुपमा सार्वजनिक गर्दै आइरहेका छन् । बीमा समितिकाे याे निर्देशनसंगै एउटै  बीमालेखबाट श्रीमान/ श्रीमती पाउने बीमा सुबिधामा राेक लागेकाे छ ।

 




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।