एउटै बीमालेखबाट श्रीमान/श्रीमति दुबैले लाभ नपाउने

Feb 19, 2020 05:30 PM Merolagani



बीमा समितिले दाम्पत्ति बीमालेख रोक्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । फागुन ७ गते बुधबार समितिले जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै दाम्पत्ति बीमालेखमा पति/पत्नी दुबैले पाउने लाभ रोक्न निर्देशन दिएको हो ।

समितिबाट स्वीकृति लिएका तथा स्वीकृतिका लागि पेश हुने जीवन बीमालेखहरुमा पति/पत्नीको सुरक्षण लाभ समाबेश नगर्न जीवन बीमा कम्पनीहरुलाई परिपत्र पठाएको हो ।

बीमाको आधारभूत मूल्य मान्यता भन्दा बाहिर गएर दाम्पत्ति बीमाको दुरुपयोग हुन थालेपछि पति/पत्नीको सुरक्षण लाभ रोक्न समितिले निर्देशन दिएको हो ।

दम्पति बीमाको दुरुपयोग सुरु भएको भन्दै समितिले यस्तो व्यवस्था लागू गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी गराए । एक जनाको आम्दानी देखाएर बीमा प्रिमियम तिर्ने र दुबै जनाले लाभ पाउने व्यवस्था व्यवहारिक नभएको समितिका कार्यकारी निर्देशक पौडेलको भनाई छ ।

पछिल्लो समय बीमा कम्पनीहरुले एउटै बीमालेखबाट श्रीमान/ श्रीमती दुबैको बीमा सुरक्षा हुने बीमालेखहरु आक्रमक रुपमा सार्वजनिक गर्दै आइरहेका छन् । बीमा समितिकाे याे निर्देशनसंगै एउटै  बीमालेखबाट श्रीमान/ श्रीमती पाउने बीमा सुबिधामा राेक लागेकाे छ ।

 




सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।