सिटिजन बैंकले साढे २ अर्बको ऋणपत्र बिक्रीमा ल्याउने

Feb 19, 2020 06:30 PM merolagani



सिटिजन बैंक (CZBIL) ले साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ। बैंकले बार्षिक १०.२५ प्रतिशत ब्याजदरको “१०.२५ सिटिजन्स बैंक ऋणपत्र २०८६” बिक्री गर्न लागेको हो। 

त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्रकाे अवधि दश १० वर्ष रहेकाे छ।  

बैंकले बिक्रीमा ल्याउन लागेको एक हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता मध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्व ऋणपत्र (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारणको लागि र बाँकी बाँकी १५ लाख कित्ता अर्थात १ अर्ब ५० करोड ऋणपत्र व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तर्फबाट बिक्री गर्ने छ ।

ग्लोबल आइएमई क्यापिटल निष्कासन तथा विक्री प्रवन्ध रहेको ऋणपत्रलाई ईक्रा नेपालले इक्रा एनपि एल बिबिबि प्लस रेटिङ्ग मिति पाएको छ। उक्त क्रेडिट रेटिङ्ग समयमानै वित्तीय दायित्व पूरा गर्ने सम्वन्धमा सुरक्षित मानिन्छ ।

 

 




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।