सिटिजन बैंकले साढे २ अर्बको ऋणपत्र बिक्रीमा ल्याउने

Feb 19, 2020 06:30 PM merolagani



सिटिजन बैंक (CZBIL) ले साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रीमा ल्याउने भएको छ। बैंकले बार्षिक १०.२५ प्रतिशत ब्याजदरको “१०.२५ सिटिजन्स बैंक ऋणपत्र २०८६” बिक्री गर्न लागेको हो। 

त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्रकाे अवधि दश १० वर्ष रहेकाे छ।  

बैंकले बिक्रीमा ल्याउन लागेको एक हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता मध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्व ऋणपत्र (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारणको लागि र बाँकी बाँकी १५ लाख कित्ता अर्थात १ अर्ब ५० करोड ऋणपत्र व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तर्फबाट बिक्री गर्ने छ ।

ग्लोबल आइएमई क्यापिटल निष्कासन तथा विक्री प्रवन्ध रहेको ऋणपत्रलाई ईक्रा नेपालले इक्रा एनपि एल बिबिबि प्लस रेटिङ्ग मिति पाएको छ। उक्त क्रेडिट रेटिङ्ग समयमानै वित्तीय दायित्व पूरा गर्ने सम्वन्धमा सुरक्षित मानिन्छ ।

 

 




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।