सञ्चारमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न नेपाली काँग्रेसको माग

Feb 20, 2020 11:09 AM Merolagani



सञ्चारमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न नेपाली काँग्रेसले माग गरेको छ। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेसले बर्खास्त गर्दै अनुसन्धान गर्न माग गरेको हो।

'७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो 'हाम्रा कुरा' मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काँग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रूपले आग्रह गर्दछ' प्रवक्ता विश्वप्रकाश शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसँगै ठुलो रकमको अनियमितताकाे तयारी भइरहेको नेपाली काँग्रेसले पहिल्यै अनुमान गरेको उल्लेख छ। तर बास्कोटाले भने नखाएको विष नलाग्ने भन्दै बचाउ गरेका छन्।

 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।