आईपीओ निष्काशनको तयारीमा रहेका जीवन बीमा कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा, कुन बीमा कम्पनी कस्तो ?

Feb 20, 2020 12:13 PM Merolagani

सर्वसाधारणहरुलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेक नयाँ जीवन बीमा कम्पनीहरुबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नयाँ १० जीवन बीमा कम्पनीहरुमा तीब्र प्रतिस्पर्धा देखिएको हो । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार, एक कम्पनीले एक शीर्षकमा दाबेदारी प्रस्तुत गर्दा अर्को कम्पनी अर्को शीर्षकमा अब्बल देखिएको छ ।

  • साढे सात अर्ब बीमाशुल्क आर्जन, युनियन लाइफको मात्रै ३१.५८ प्रतिशत योगदान

यस अवधिसम्ममा नयाँ १० जीवन बीमा कम्पनीहरुले ७ अर्ब ५० करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालनमा आएका नयाँ १० जीवन बीमा कम्पनीहरुबाट सो बराबरको खुद बीमाशुल्क आर्जन भएको हो । 

यसमा सबैभन्दा धेरै २०७४ असोज ६ गतेदेखि व्यवसायिक कारोबार सुरु गरेको युनियन लाइफको मात्रै ३१.५८ प्रतिशत अर्थात २ अर्ब ३७ करोड १६ लाख रुपैयाँको योगदान रहेको छ । यस्तै सबैभन्दा कम माघ २७ गते देखि व्यवसायिक कारोबार शुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले २८ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको हो । 

खुद बीमा शुल्क आर्जनको आधारमा युनियन पछि रिलायवल लाइफ इन्स्योरेन्स रहेको छ । रिलायवलले यस अवधिमा ८६ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । यस्तै सिटिजन लाइफले ७९ करोड ३६ लाख रुपैयाँ, ज्योति लाइफले ७२ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

यसैगरी आइएमई लाइफले ६० करोड ८५ लाख, रिलायन्स लाइफले ५७ करोड ७७ लाख, सन नेपाल लाइफले ५६ करोड ८० लाख रुपैयाँ, सानिमा लाइफले ४० करोड ७३ लाख रुपैयाँ र प्रभु लाइफले ३१ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आम्दानी गरेको छ ।

खुद नाफामा रिलायवलको अग्रता

चालु आर्थिक वर्षमा दोस्रो त्रैमाससम्ममा रिलायवल लाइफ इन्स्योरेन्सले खुद नाफामा अग्रता लिएको छ । यस अवधिमा रिलायवलले १३ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै खुद नाफाका आधारमा दोस्रो स्थानमा रहेको सिटिजन लाइफ रहेको छ । सिटिजनले १० करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यसैगरी युनियन लाइफले ७ करोड ७३ लाख, ज्योति लाइफले ६ करोड ८९ लाख र आईएमई लाइफले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरको छ ।

३१ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको प्रभु लाइफ इन्स्योरेन्सले सबै भन्दा कम ३ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

  • जीवन बीमा कोषमा युनियन लाइफ र जगेडा कोषमा रिलायवल मजबुत

नयाँ १० जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै खुद बीमा शुल्क संकलन गरेको युनियन लाइफले जीवन बीमा कोषलाई पनि मजबुत बनाएको छ । यता सबै भन्दा धेरै खुद नाफा कमाएको रिलायवल लाइफको जगेडा कोष बलियो देखिएको छ ।

यस अवधिमा युनियन लाइफको जीवन बीमा कोषमा ३ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ संचित छ । यस्तै जगेडा कोषमा ५६ करोड २६ लाख रुपैयाँ छुट्टाएको छ ।

यस्तै ज्योति लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ र आईएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष एक अर्ब माथि रहेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा सबै भन्दा थोरै ४२ करोड ३४ लाख रुपैयाँ सञ्चित छ ।

जगेडा कोष तर्फ भने रिलायवल लाइफ इन्स्योरेन्स अघि रहेको छ । रिलायवल लाइफको जगेडा कोषमा ५६ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । सबै भन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ५ करोड ७६ लाख रुपैयाँ मात्रै रहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।