राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रभु बैंकको एस्टेन्सन काउन्टर

Feb 20, 2020 06:11 PM Merolagani



प्रभु बैंकले फागुन ८ गते देखि काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा  एस्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंककोे  एस्टेन्सन काउन्टरको उद्घाटन स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा.रोशन पोखरेलले गरेका हुन् ।

उक्त काउण्टरबाट स्थानीय तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको काम गर्न सहज र सरल हुने बैंकको विश्वास छ ।

बैंकको २०८ शाखा कार्यालय, १५७ एटिएम , ४५ एक्स्टेन्सन काउण्टर तथा १७ शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।