एनआईसी एशियामा खाता खोल्दा २ लाख सम्म फाइदा

Feb 20, 2020 08:45 PM Merolagani



एनआईसी एशिया बैंकले ल्याएको न्यू चमत्कारिक बचत खाता योजना अन्तर्गत ग्राहकले ३० चमत्कारिक फाइदा पाउने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५० हजार रूपैयाँ देखी २ लाख १४ हजार रूपैयाँ सम्मको चमत्कारिक फाइदा पाउने सुविधा बैंकले सार्वजनिक गरेको हो ।

उक्त खाता खोल्ने ग्राहकले बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू पाउने भएका छन् ।

ग्राहकले २१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट भन्दा बैंकको न्यू चमत्कारिक खाता अन्तर्गत लिँदा करिब १४ हजार रूपैयाँ बराबर पाउने बैंकले जनाएको छ ।

बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ । बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउनेछन् ।

मेडिकल बीमा अन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्च बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपैयाँँसम्मको सुविधा पनि पाउन सकिनेछ ।

यस्तै खुद्रा कर्जा प्रवाह गर्दा खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यस बचत खाता हुने ग्राहकले यदि ५० लाख रूपैयाँको कर्जा उपयोग गरेमा करिब १ लाख १३ हजार रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पाउनेछन् ।

यसबाहेक निशुल्क योजनाहरू जस्तै डेबिट/क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनीक शुल्कमा तथा ब्याजदरमा छुट, कुनैपनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा निशुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई–कमर्श निशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ग्राहकलाई ८७ हजार रूपैयाँसम्मको फाइदा मिल्नेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।