एनएमबि बैकले चेपे खोला जलविद्युत आयोजनामा १ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने

Feb 21, 2020 11:01 AM merolagani



एनएमबि बैक लिमिटेडले आशुतोष इनर्जी प्रा. लि.द्घारा प्रवर्धित लमजुङकाे चेपे खोला साना जलविद्युत आयोजनामा १ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

लमजुङको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा रहेको ८.६३ मेगावाटको उक्त जलविद्युत आयोजनामा फागुन ८ गते बिहीबार बैंकले ऋण लगानी गर्ने सम्झौता गरेको हो। यससँगै एनएमबि बैकको कुल ४० वटा जलविद्युत आयोजनाहरुमा लगानी गरेको छ।

जलविद्युत आयोजनाको कुल लागत एक अर्व ५० करोड रुपैयाँ अनुमान गरिएकोमा बैंकले एक अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानी गर्न लागेको हो।

चेपे खोला साना जलविद्युत आयोजनामा जलविद्युत क्षेत्रका अनुभवी प्रवर्धकहरू तथा स्थानीय बासिन्दाहरुको लगानीमा निर्माण हुँदैछ । व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०७८ फाल्गुण ९ गते भएतापनि कम्पनीले ४ महिना अगावै व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ ।

विद्युत गृहबाट उत्पादित विद्युत लमजुङ्ग जिल्लामा अवस्थित किर्तीपुर सब स्टेशनमा जडान गरिनेछ ।

 




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।