सुनको मूल्य प्रतिदिन बढ्दै, एक हप्तामा एक हजार ६०० रुपैयाँले बढ्यो

Feb 21, 2020 11:19 AM Merolagani



केहि दिन देखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ। यसै क्रममा फागुन ९ गते पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

शुक्रबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ। यसदिन छापावाला सुन प्रतितोला ७८ हजार १०० रुपैयामाँ र तेजाबी सुन प्रतितोला ७७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बिहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ७७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस हप्ता सुनको मूल्य एक हजार ६०० रुपैयाँले बढेको हो। 

पछिल्लो समय अन्तराष्ट्रिय शेयर बजार कोरोना भाइरसका कारण प्रभावित भएकाले अन्तराष्ट्रिय स्तरमा नै सुनको मूल्य बढेको छ । त्यसैको असर नेपाली सुन बजारमा पनि देखिएको हो । 

शुक्रबार चाँदीको मूल्य भने स्थीर रहेको छ। यसदिन चाँदी बिहिबारकै मूल्य अर्थात प्रतितोला ९१५ रुपैयाँमा कारोबार भइरहेको छ। यस हप्ता चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो। 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।