सुनको मूल्य प्रतिदिन बढ्दै, एक हप्तामा एक हजार ६०० रुपैयाँले बढ्यो

Feb 21, 2020 11:19 AM Merolagani



केहि दिन देखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ। यसै क्रममा फागुन ९ गते पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

शुक्रबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ। यसदिन छापावाला सुन प्रतितोला ७८ हजार १०० रुपैयामाँ र तेजाबी सुन प्रतितोला ७७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बिहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ७७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस हप्ता सुनको मूल्य एक हजार ६०० रुपैयाँले बढेको हो। 

पछिल्लो समय अन्तराष्ट्रिय शेयर बजार कोरोना भाइरसका कारण प्रभावित भएकाले अन्तराष्ट्रिय स्तरमा नै सुनको मूल्य बढेको छ । त्यसैको असर नेपाली सुन बजारमा पनि देखिएको हो । 

शुक्रबार चाँदीको मूल्य भने स्थीर रहेको छ। यसदिन चाँदी बिहिबारकै मूल्य अर्थात प्रतितोला ९१५ रुपैयाँमा कारोबार भइरहेको छ। यस हप्ता चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो। 




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।