एमसीसी संसदबाट अनुमोदन हुने अर्थमन्त्री खतिवडाको विश्वास

Feb 21, 2020 12:34 PM Merolagani



अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी अन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै दुविधा नभएको बताएका छन्। संयुक्त राज्य अमेरिकाको कंग्रेसका सदस्यद्वय जर्ज होल्डिगं र अमी बेरासंग बिहीबार भएको शिष्टाचार भेटवार्ता उनले सो कुरा प्रष्ट पारेका हुन्।

अर्थमन्त्री खतिवडाले सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने विश्वास समेत व्यक्त गरे। 

नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अर्थमन्त्री खतिवडाले अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि आभार व्यक्त गरेका थिए। यस्तै नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा समेत उनले संयुक्त राज्य अमेरिकाको कंग्रेसका सदस्यद्वयलाई जानकारी गराए।

उनले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै नेपालमा उत्पादन भएका वस्तुको बजारका लागि समस्या नहुने बताए। विश्वका धेरै जनसंख्या भएका मुलुकहरु छिमेकी देश भएकोले विश्व वजारको केन्द्रविन्दुमा नेपाल भएको उनको भनाई छ।

अर्थमन्त्रीले संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधि मैत्री बनाउन काम भैरहेको उल्लेख गर्दै यसमा थप सहयोग आवश्यक भएको बताए।

अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको बताए।




सस्तो शेयरमा किन झुम्मिए साना लगानीकर्ता ? कारण ५० अर्बको खेल, के हो ५० अर्बको खेल ?

Jan 22, 2026 05:39 PM

सुवास निरौला 

पछिल्लो समय दोस्रो बजारमा एउटा रोचक दृश्य देखिन थालेको छ। लगानीकर्ताहरूको ध्यान ठूला र महँगा कम्पनीभन्दा साना र सस्ता मूल्य भएका कम्पनीहरूतर्फ ह्वात्तै मोडिएको छ।