सुनको मूल्य ७ वर्षयताकै उच्च

Feb 21, 2020 01:43 PM Merolagani



अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य ७ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा बढेसँगै यसको प्रत्यक्ष असर सुनमा पनि देखिएको हो। 

बिहीबार नै उच्चदरमा बढेर ७ वर्षयताकै उच्च बिन्दुमा पुगेको सुनको मूल्यले शुक्रबार पनि बढेर सोही रेकर्डलाई निरन्तरता दिएको हो।

शुक्रबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिअउन्स एक हजार ६२४.९४ डलरमा कारोबार भएको छ।
भाइरसले विश्वव्यापी अर्थतन्त्रलाई प्रभावित पार्ने त्राससँगै लगानीकर्ताहरु सुरक्षित लगानीका सम्पत्तितर्फ आकिर्षित हुदाँ सुनको मूल्य बढ्न पुगेको बताइएको छ।

यो हप्ता मात्र अन्तराष्ट्रिय बजारमा सुनको मूल्य २.६ प्रतिशत बढिसकेको छ।

कोरोना भाइरसको समस्या व्याप्त रहेसम्म सुनको मूल्यले बढ्ने क्रमले अझै निरन्तरता पाउनसक्ने र स्थिति खराब भएमा अझै उच्चदरले बढ्ने विश्लेषकहरुले बताएका छन्।

पछिल्लो समय भाइरसको कारण देखाउँदै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ। यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको छ। योसँगै सुनको मूल्यले दिन–प्रतिदिन ऐतिहासिक रेकर्ड कायम गरिरहेको छ। एजेन्सीको सहयोगमा 




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।