सेन्ट्रल फाइनान्सको लाभांश पारित

Feb 28, 2020 04:26 PM merolagani



सेन्ट्रल फाइनान्स (CFCL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश पारित भएको छ। फाइनान्सको फागुन १६ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा सम्पन्न २३ औं वार्षिक साधारण सभाले उक्त लाभांश परित गरेको हो। 

सभाले शेयरधनीहरुलाई ५ करोड ७६ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो। त्यस्तै नियमनकारी निकायबाट नियमावली संशोधन गर्न कुनै निर्देशन आएमा उक्त कार्य गर्न समेत सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि फाइनान्सले माघ २८ गते बुकक्लोज गरेकाले माघ २७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र फाइनान्सले वितरण गर्ने लाभांश पाउनेछन्।

चुक्ता पूँजी ८२ करोड ३५ लाख रुपैयाँ रहेको फाइनान्सको निक्षेप ४ अर्ब ३ करोड २८ लाख रुपैयाँ रहेकोमा कर्जा लगानी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ रहेको छ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।