तिनाउ मिसनको लाभांश प्रस्ताव

Mar 05, 2020 12:27 PM Merolagani



तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड (TMDBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ।

फागुन २१ गते सम्पन्न बैंकको २६० औँ बैठकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख १७५ रुपैयाँ ९ पैसा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब १४ करोड ४१ लाख ६८ हजार १२५ रुपैयाँ ७६ पैसा रहेको छ। १२ प्रतिशत बोनस वितरणपश्चात बैंकको चुक्ता पूँजी १ अर्ब २८ करोड १४ लाख ६८ हजार ३०० रुपैयाँ ८५ पैसा पुग्नेछ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात तेह्रौँ वार्षिक साधारण सभाले पारित गरी सो लाभांश वितरण गरिनेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।