तिनाउ मिसनको लाभांश प्रस्ताव

Mar 05, 2020 12:27 PM Merolagani



तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड (TMDBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ।

फागुन २१ गते सम्पन्न बैंकको २६० औँ बैठकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख १७५ रुपैयाँ ९ पैसा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब १४ करोड ४१ लाख ६८ हजार १२५ रुपैयाँ ७६ पैसा रहेको छ। १२ प्रतिशत बोनस वितरणपश्चात बैंकको चुक्ता पूँजी १ अर्ब २८ करोड १४ लाख ६८ हजार ३०० रुपैयाँ ८५ पैसा पुग्नेछ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात तेह्रौँ वार्षिक साधारण सभाले पारित गरी सो लाभांश वितरण गरिनेछ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।