सुनको भाउ नयाँ उचाइमा, कतिमा हुदैछ कारोबार?

Mar 10, 2020 11:09 AM Merolagani



सुनको भाउ फागुन २७ गते मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ। यस दिन छापावाल सुन प्रतितोला ८२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ जुन हालसम्मकै उच्च मूल्य हो। 

त्यसैगरी, तेजाबी सुन पनि तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ८२ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

अघिल्लो दिन आइतबार महासँघले छापावाला सुनको भाउ प्रतितोला ८२ हजार ५०० र तेजाबी सुनको भाउ प्रतितोला ८२ हजार २०० रुपैयाँ कायम गरेको थियो। सोमबार भने फागु पूर्णीमाको सार्वजानिक बिदा परेकाले महासँघले सुन र चाँदीको भाउमा कुनै परिवर्तन गरेको थिएन।

मंगलबार सुनको भाउ बढेपनि चाँदीको भाउ भने केहि घटेको छ। अघिल्लो दिन सोमबार प्रतितोला ८९० रुपैयाँमा खरिद बिक्री भइरहेको चाँदी मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।