सुनको भाउ नयाँ उचाइमा, कतिमा हुदैछ कारोबार?

Mar 10, 2020 11:09 AM Merolagani



सुनको भाउ फागुन २७ गते मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको छ। यस दिन छापावाल सुन प्रतितोला ८२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ जुन हालसम्मकै उच्च मूल्य हो। 

त्यसैगरी, तेजाबी सुन पनि तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ८२ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

अघिल्लो दिन आइतबार महासँघले छापावाला सुनको भाउ प्रतितोला ८२ हजार ५०० र तेजाबी सुनको भाउ प्रतितोला ८२ हजार २०० रुपैयाँ कायम गरेको थियो। सोमबार भने फागु पूर्णीमाको सार्वजानिक बिदा परेकाले महासँघले सुन र चाँदीको भाउमा कुनै परिवर्तन गरेको थिएन।

मंगलबार सुनको भाउ बढेपनि चाँदीको भाउ भने केहि घटेको छ। अघिल्लो दिन सोमबार प्रतितोला ८९० रुपैयाँमा खरिद बिक्री भइरहेको चाँदी मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँमा कारोबार भइरहेको छ।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।