अपी पावरको शेयरमूल्य समायोजन

Mar 15, 2020 08:03 AM Merolagani



अपी पावर कम्पनी लिमिटेड (API) को शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा यस कम्पनीको चैत १ गते शनिबार बोनस तथा हकप्रद शेयरमा शेयरमूल्य समायोजन भएको हो।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ११४ रुपैयाँ ५० पैसा कायम गरेको छ।
कम्पनीले बोनस शेयर वितरण र हकप्रद शेयर बिक्री पश्चात पुनः हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा डाकेको छ।

कम्पनीले चैत ७ गते कार्की ब्यांक्वेट, माईतिघरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सो सभामा गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र आर्थिक वर्ष २०७४/७५ को चुक्ता पूँजीको १ बराबर ०.४६७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै कम्पनीले बोनस तथा हकप्रद शेयर निष्काशन पश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.९०९६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। सभामा ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने र हकप्रद निष्काशनबाट प्राप्त हुने रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको छ। ५ प्रतिशत बोनस शेयर र ४७ प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ८१ करोड ७२ हजार पुग्नेछ। कम्पनीले सोही चुक्ता पूँजीको १ बराबर ०.९०९६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ।

साधारण सभा, लाभांश वितरण तथा हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले चैत १ गतेदेखि बुकक्लोज गरेको हो। यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न, हकप्रदमा आवेदन दिन तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

कम्पनीको समायोजित मूल्यलाई आधार मानेर आइतबार शेयर कारोबार खुल्नेछ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।