शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

Mar 15, 2020 12:33 PM Merolagani



शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक(SHINE) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने  घोषणा गरेको छ। 

बैंकको चैत १ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल २ अर्ब ६२ करोड २९ लाख रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी ३९ करोड ३४ लाख ३५ हजार ६१८ रुपैयाँ बराबरको बोनस वितरणपश्चात ३ अर्ब १ करोड रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट भने बैंकले १७.७० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।