शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

Mar 15, 2020 12:33 PM Merolagani



शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक(SHINE) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने  घोषणा गरेको छ। 

बैंकको चैत १ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल २ अर्ब ६२ करोड २९ लाख रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी ३९ करोड ३४ लाख ३५ हजार ६१८ रुपैयाँ बराबरको बोनस वितरणपश्चात ३ अर्ब १ करोड रुपैयाँ पुग्नेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट भने बैंकले १७.७० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।