सिटिजन्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Mar 17, 2020 08:19 AM Merolagani



सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको वार्षिक १०.२५ प्रतिशत ब्याजदरको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज (चैत ४ गते) अन्तिम दिन हो।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र गत फागुन २० गतेदेखि निष्काशन खुला गरेको थियो। निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ५० करोड रुपैयाँबराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। सर्वसाधारणका लागि निष्काशन गरिएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम ९ लाख ७० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक १०.२५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

बैंकले निष्काशन गरेको ऋणपत्रलाई इक्रा रेटिङ्ग नेपालले इक्रा एनपी एल त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको ऋणपत्रमा मध्यम कर्जा जोखिम भएको सङ्केत गर्दछ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।