तर जब स्टकको मूल्य तपाईले शेयर किनेको मूल्य अर्थात् आधार मूल्यभन्दा तल झर्छ भने तब तपाई के गर्नुहुन्छ? तपाई शेयर किन्नका लागि सही मूल्य कसरी पहिचान गर्नुहुन्छ? यी यस्ता प्रश्न हुन्, जसले शेयर बजारका लगानीकर्ताहरुलाई प्रायः हैरान बनाइरहेका हुन्छन् । तर सन् १९४९ को बेन्जामिन ग्राहमको पुस्तकबाट आएको एउटा सिद्धान्त,जसमा बौद्धिक लगानीकर्ताहरु जसले तपाईको समयसीमा, जोखिम बहन क्षमता र विशिष्ट उद्देश्यका आधारमा उत्कृष्ट लगानी पहिचानका लागि मद्दत गर्न सक्नेछ । यसमा अन्डरभ्यालू स्टकको पहिचान गर्नु सामेल रहेको छ । जुन एउटा वा अन्य धेरै कारणहरुले गर्दा आधार मूल्यभन्दा अधिक कम मूल्यमा विक्री भइरहेको छ ।
- छायाँमा परेका शेयर बजारका रत्नहरु
कयौँ पटक केही तर कम लोकप्रिय कम्पनीहरुले प्रत्येक त्रैमासमा आफ्नो विक्री र मुनाफामा सुधार देखाइरहेका हुन्छन् तर तिनीहरुको शेयर मूल्य भने बढ्दैन । यी कम्पनीहरु व्यापारीहरु र लगानीकर्ताहरुको छायाँमा परिरहेका हुन्छन्, जसले गर्दा ती कम्पनीहरुको शेयरले उत्कृष्ट प्रदर्शन अर्थात् उत्कृष्ट सुधारका बाबजुद पनि सस्तो मूल्य पाइरहेका हुन्छन् । त्यसैले, यदि कुनै कम्पनीले विगत ३ त्रैमासमा २० प्रतिशतको दरमा वृद्धि हासिल गरेको छ तर शेयर मूल्य सो अनुसार वृद्धि भइरहेको छैन वा उक्त कम्पनीको शेयरमा केबल १–१० प्रतिशतसम्मको मात्र वृद्धि भएको छ भने यो एउटा अन्डरभ्यालूड शेयर हो । प्रायः यस्तो शेयरको मूल्य कम्पनीको मुनाफा र विक्रीको वृद्धिका आधारमा तय गरिन्छ । समय छदैँ जसले यस्तो अन्डरभ्यालूड स्टकको पहिचान गरेर यसमा लगानी गर्छ, उसको वित्तीय नाफा सुनिश्चित हुन्छ ।
कोही अरु लगानीकर्ताहरुले अन्डरभ्यालूड स्टकको पहिचान गर्नुभन्दा पहिले आफूले त्यसको पहिचान गर्न विचार गर्नुपर्ने हुन्छ, किनकि त्यस्ता शेयरमा अरुको ध्यान पुग्यो भने त्यस्ता शेयरको मूल्य बढ्ने सुनिश्चित हुन्छ ।
लगानीकर्ताहरुले त्यस्ता अन्डरभ्यालूड स्टक चिन्ने ६ वटा आधार अथावा मापदण्डहरु रहेका छन्ः
कम मूल्य आम्दानी अनुपातः कुनै कम्पनीको हालको शेयर मूल्यलाई वार्षिक प्रतिशेयर आम्दानीले भाग गरेर मूल्य आम्दानी अनुपातको गणना गरिन्छ । उदाहरणका लागिः कुनै एउटा कम्पनीको शेयर ४० रुपैयाँ प्रतिशेयरमा कारोबार भइरहेको छ र त्यसको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २० गुणा हुन जान्छ । यसैगरी जब कुनै कम्पनीको एउटा शेयर १ रुपैयाँ प्रतिशेयर आम्दानीका साथ ४० रुपैयाँमा कारोबार भइरहेको छ भने त्यसको मूल्य आम्दानी अनुपात पनि ४० गुणा नै हुन जान्छ । यसको मतलब लगानीकर्ताहरुले एक रुपैयाँ कमाउनका लागि ४० रुपैयाँ तिर्नुपर्ने भन्ने बुझिन्छ । यद्यपी अन्डरभ्यालूड शेयरमा सामान्यतया मूल्य आम्दानी अनुपात कम हुने गर्दछ ।
ल्यागिङ रिलेटिभ प्राइस पर्फमेन्सः कुनै एउटा कम्पनीको शेयर मूल्य धेरै कारणहरुले गर्दा आफ्नो क्षेत्रको प्रतिस्पर्धी कम्पनीको तुलनामा कम हुनसक्छ । तीमध्ये एउटा कारण, जब एउटा वित्तीय विशेषज्ञले त्यो कम्पनीको केही तथ्यांकमा चासो देखाएर चिन्ता व्यक्त गर्छ भने लगानीकर्ताहरु ठूलो मात्रामा आफ्नो शेयर बेचेर बाहिरिन खोज्दा उक्त कम्पनीको शेयर मूल्य घट्न पुग्छ । कहिलेकाहीँ त्यस्ता कम्पनीको मूल्य यति धेरै घट्छ कि, उक्त शेयरको मूल्य अन्डरभ्यालूड हुन जान्छ । यस्तोमा तपाई विकल्पका लागि आफ्नो शेयर नियाल्न सक्नुहुन्छ, जसमा तपाई कुनै एउटा व्यक्तिगत स्टक र स्टक इन्डेक्सलाई अर्काे व्यक्तिगत स्टकबीच अलग–अलग समयको इतिहाससँग तुलना गर्न पुग्नुहुन्छ ।
लो प्राइस अर्निङ ग्रोथ रेसिया (पीईजी रेसियो): पीई रेसियोभन्दा धेरै सही मानिएको पिईजी रेसियो शेयर मूल्य ईपिएस र कम्पनीको अपेक्षित वृद्धि बीच सम्बन्ध देखाउने एउटा मूलयांकन विधि हो । यो पीई रेसियोलाई अर्निङ ग्रोथ रेटले भाग गरेर निकालिन्छ । यदि रेसियो १ भन्दा कम छ भने लगानीकर्ताहरुले कम्पनीको विगतको प्रस्तुतीहरुलाई बढी भाउ दिइरहेको बुझिन्छ । तर लगानीकर्ताहरुले होसियारीपूर्वक अनुमानलाई अनुमान कै रुपमा मात्र लिनुपर्छ ।
लाभांशले दिने उच्च प्रतिफलः यदि कुनै कम्पनीको लाभांश भुक्तान दर त्यो कमपनीको प्रतिस्पर्धी कम्पनीको भन्दा अधिक छ भने लगानीकर्ताहरुले त्यस्तो शेयर बेवास्ता गर्न रुचाउँछन । यसले कुनै कम्पनीको शेयर मूल्य अन्डरभ्यालूड स्थितिमा पुगेको संकेत दिनसक्छ । विचार गर्नपर्ने कुरा, यदि कुनै कम्पनी वित्तीय रुपमा अस्थिर छैन र भविष्यमा लाभांश भुक्तान गर्ने क्षमता सुरक्षित देखिन्छ भने यस्तोमा कम्पनीको लाभांशले छोटो समयका साथ साथ भविष्यमा पनि प्रतिफल दिनुका साथै शेयर मूल्यलाई उच्चतम स्तरमा लैजाने क्षमता प्रदान गर्न सक्छ । यदि तपाईले स्टक स्किनरको प्रयोग गरिरहनुभएको छ भने कुनै कम्पनीको अन्डरभ्यालूड शेयर पत्ता लगाउनका लागि ‘लाभांश प्रतिफल प्रतिशत’ को विधि प्रयोग गर्न सक्नुहुन्छ ।
लो मार्केट टू बुक रेसियोः बजारमा बुक रेसियो एउटा वित्तीय मूल्यांकन विधि हो, जुन कुनै कम्पनीको वर्तमान बजार मूल्यलाई उसको बुक भ्यालूसँग मूल्यांकन गर्नका लागि प्रयोग गरिन्छ । बजार मूल्य कम्पनीका सबै शेयरहरुको हालको शेयर मूल्य हो । यदि कुनै कम्पनीले आफ्नो सबै सम्पत्ति बेचेर दायित्वमुक्त भएको खण्डमा बाँकी रहेको रकम नै बुक भ्यालू हो ।
यद्यपी, यो ध्यान राख्न जरुरी छ कि, यि विधिहरु नै मुख्य कारक तत्वहरु भने होइनन्, जसले कुनै पनि शेयर राम्रो हो वा होइन भनेर निर्धारण गर्दछ । एउटा लगानीकर्ताद्धारा कुनै पनि सम्भावित लगानी अन्डरभ्यालूड हो भनेर सु्निश्चित गर्नका लागि कुनै एउटा विधि मात्र लागू गर्न सकिदैन । यदि यिमध्ये एकभन्दा धेरै विधि स्टकका लागि सही प्रतीत हुन्छ भने यस्तो बजारमा लगानी लागि एउटा राम्रो अवसर हुन जान्छ ।
अनुवाद : सबिना बजगाई