एक्सेलको शेयरमूल्य समायोजन

Mar 20, 2020 09:56 AM Merolagani



एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड (EDBL) को शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा यस बैंकको चैत ७ गते शुक्रबार बोनस शेयरमा शेयरमूल्य समायोजन भएको हो।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३२० रुपैयाँ कायम गरेको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफबाट १७.१० प्रतिशतका दरले बोनस शेयर र सोकोकर प्रयोजनार्थ ०.९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित आगामी चैत २० गते साधारण सभा डाकेको थियो।

साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ७ गते बुकक्लोज गरेको हो। यस अनुसार चैत ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

बैंकको समायोजित मूल्यलाई आधार मानेर आइतबार शेयर कारोबार खुल्नेछ।




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।