नेको इन्स्योरेन्सको साधारण सभा आह्वान, लाभांश प्रस्ताव पारित गर्दै

Mar 22, 2020 10:04 AM Merolagani



नेको इन्स्योरेन्स इन्स्योरेन्स (NIL) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। इन्स्योरेन्सले बैशाख १ गते २४ औँ वार्षिक साधारण सभा डाकेको हो।

इन्स्योरेन्सको २४ औँ वार्षिक साधारण सभा अमृतभोग, कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे शुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ८.१६ प्रतिशत नगद लाभांश (कर सहित १० करोड ७४ लाख ७४ हजार ७०० रुपैयाँ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले आगामी ४ वर्षको लागि संस्थापक समूह (क) बाट ३ जना र समूह (ख) बाट २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले चैत २४ गतेदेखि साधारण सभाको मितिसम्म बुकक्लोज गर्नेछ। यस अनुसार चैत २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।