सप्तकोशीले लाभांश पारित गर्न डाक्यो साधारण सभा

Mar 22, 2020 10:13 AM Merolagani



सप्तकोशी डेभलपमेन्ट बैंक (SAPDBL) ले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। बैंकको १२ औँ वार्षिक साधारण सभा चैत ३० गते उद्योग संगठन मोरङ, तिनपैनी, विराटनगरमा बिहान १०ः३० बजे शुरु हुनेछ।

सभामा चुक्ता पूँजी ७८ करोड ७१ लाख ११ हजार ७२८ रुपैयाँको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख २६ हजार ७०३ रुपैयाँ ६८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक समूहबाट प्रतिनिधित्व हुने ३ जना सञ्चालक तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व हुने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले चैत १० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। चैत ९ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।