गुडविल फाइनान्सको ऋणपत्र बाँडफाँड, कसले कति पाए?

Mar 23, 2020 11:25 AM Merolagani



गुडविल फाइनान्स (GFCL) ले चैत ९ गते ऋणपत्र बाँडफाँड गरेको छ। फाइनान्सले गत फागुन २८ गतेदेखि चैत २ गतेसम्म निष्काशन तथा बिक्री गरेको ऋणपत्र बाँडफाँड गरेको हो।

फाइनान्सले वार्षिक १२ प्रतिशत ब्याजदरमा प्रतिऋणपत्र १ हजार अंकित मूल्यका कूल २ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरेको थियो। २५ कित्तादेखि ४४० कित्तासम्म माग गरि आवेदन दिने लगानीकर्तालाई माग बमोजिम नै बाँडफाँड गरिएको फाइनान्सले जनाएको छ। त्यसैगरी, ४९९ कित्तादेखि ५ हजार कित्तासम्म माग गर्नेहरुलाई ४९५ कित्ताका दरले र बाँकी रहेको ११० कित्ता ऋणपत्र ४९९ कित्तादेखि ५०० कित्तासम्म माग गर्ने लगानीकर्तालाई एउटै समूहमा राखी गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ।

व्यक्तिगत तवरमा आवेदन माग बमोजिम समानुपातिक रुपमा बाँडफाँड गरिएको फाइनान्सको धितोपत्र निष्काशत तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ।

परिपत्र विधिमार्फत आवेदन दिनेको हकमा आंशिक बाँडफाँडमा नपरेको डिबेन्चर बापतको बाँकी रकम आज (चैत १० गते) देखि आईपीएसमार्फत सिधै रकमान्तर गरिने एनआईबिएल एस क्यापिटलले जनाएको छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।