युनाइटेड इदी मर्दीको आईपीओ स्थगित

Mar 23, 2020 12:17 PM Merolagani



युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री स्थगित गरेको छ।

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक सेवा बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाउने घोषणा भएका कारण सो कार्य स्थगित गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले आज (चैत १० गते) देखि आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ र ९ का स्थानिय बासिन्दाहरुका लागि ४ लाख २० हजार कित्ता निष्काशन तथा बिक्री खुला गर्ने व्यवस्था गरेको थियो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।




एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 04, 2026 10:41 AM

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ।