एक्चुरीयल सम्बन्धी निर्देशिका जारी, हरेक वर्ष सम्पत्ति र दायित्वको मूल्यांकन गर्नुपर्ने

Mar 23, 2020 03:51 PM Merolagani




बीमा समितिले निर्जीवन तथा पुनर्बीमा व्यवसाय गर्ने बीमकको बीमांकीय मूल्यांकन (एक्चुरीयल) सम्बन्धी निर्देशिका २०७६ लागू गरेको छ । समितिले बीमकको बीमांकीय मूल्यांकन गरी बीमकको दायित्व भुक्तानीका लागि वित्तीय सवलता एकिन गर्ने व्यवस्था गर्न बीमा ऐन २०४९ को दफा ८ (घ२) अनुसार निर्देशिका लागू गरेको हो ।

बीमकले प्रत्येक आर्थिक वर्षको अन्त्यमा रहेको सम्पत्ति र दायित्वको मूल्यांकन गर्नुपर्दछ । यस्तै बीमकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको चार महिना भित्र बीमांकीय मूल्याकन प्रतिबेदन समितिमा पेश गर्नुपर्ने व्यवस्था छ । बीमांकीय मूल्यांकन प्रतिबेदन समितिले आवश्यक ठानेमा अन्य बीमांकी (एक्चुयरी) द्धारा पुनरावलोकन गर्न बीमकलाई निर्देशन दिन सकिने व्यवस्था समेत गरेको छ ।

बीमकले बीमांकीय मूल्यांकन गर्नु अघि आर्थिक वर्ष समाप्त भएको दुई महिना भित्र समितिबाट आफ्नो वित्तीय विवरणको सैद्धान्तिक स्वीकृति लिनुपर्नेछ ।

बीमलले सोल्भेन्सी मार्जिनको अनुपात न्युनतम १.५ प्रतिशत हुनुपर्ने जनाएको छ । बीमकको सोल्भेन्सी मार्जिन कम हुने देखिएमा बीमांकीले समितिलाई जानकारी गराउनु पर्नेहुन्छ ।

काबु बाहिरको परिस्थितिको कारणले अत्याधिक दाबी सिर्जना भएको अवस्थामा सोल्भेन्सी मार्जिन अनुपात १.५ प्रतिशत भन्दा कम भएमा बीमकले तत्काल समितिलाई जानकारी गराउनु पर्ने व्यवस्था छ ।

बीमांकीले बीमा समितिबाट मान्यता प्राप्त इन्सटिच्युट अफ एक्चुयरीबाट फेलोसिप उपाधि हासिल गरेको व्यक्ति हुनेपर्ने बीमा नियमावली २०४९ को नियम ३५ मा उल्लेख छ ।

यो निर्देशिका आर्थिक वर्ष २०७६/७७ देखिको बीमांकीय मूल्यांकन गर्दा लागू हुने बीमा समितिले जनाएको छ ।

निर्जीवन तथा पुनर्बीमा व्यवसाय गर्ने बीमकको बीमांकीय मूल्यांकन (एक्चुरीयल) सम्बन्धी निर्देशिका २०७६ काे पूर्ण पाठ यस्ताे छ ।





लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।