कोरोनाका कारण इन्टरनेटको चाप बढ्यो, १९७ इन्क्यावेरी सेवा ठप्प

Mar 24, 2020 04:14 PM merolagani



कोरोना भाइरसको कारण नेपाल दुरसञ्चार कम्पनीको इन्टरनेटको चाप पहिलेको भन्दा १२ प्रतिशतले बढेको छ। इन्टरनेटको चाप बढेपनि अहिले कै प्रणालीले धानिरहेकोले आत्तिनुपर्ने अवस्था नरहेको कम्पनीले जनाएको छ।

अत्यावश्यक सेवा अन्तरगत पर्ने  कम्पनीको  १९७ सेवा भने कर्मचारी अभावका कारण ठप्प भएको छ। लक डाउनको अवस्थामा कम्पनीको कर्मचारीको पास नहुँदा उक्त सेवा बन्द हुन पुगेको हाे।

सरकारले पास भएका भन्दा बाहेकका सर्वसाधारणलाई घरबाट बाहिर निस्कन बन्देज लगाएको छ। जसले गर्दा कर्मचारीहरु कार्यलय जान नसक्दा उक्त सेवा बन्द भएको छ।

नेपाल टेलिकमले उक्त सेवालाई सुचारु गर्न कर्मचारीलाई पासको ब्यवस्था गर्ने तयारी गरिरहेको जनाएको छ। साथै टेलिकमले कारोनाको लागि केहि छुट प्याकेज ल्याउने तयारी समेत गरिरहेको जनाएको छ।