लकडाउनको समयमा पनि वित्तीय सेवा प्रदान गर्न यस्तो छ बैंकर्स संघको तयारी

Mar 25, 2020 10:40 AM merolagani



लकडाउनको समयमा पनि वाणिज्य बैंकहरुले आफ्नो सीमित शाखा कार्यालयहरु खोलेर सेवा प्रवाह गर्ने भएका छन्। नेपाल बैंकर्स संघको बुधबार बिहान अनलाइनमार्फत बसेको बैठकले वित्तीय सेवा प्रदान गर्न विभिन्न ६ वटा निर्णयहरु गरेको छ।

बैंकर्स संघले सबैं एटिएमहरु खुल्ला राख्ने निर्णय गरेको छ भने डिजिटल बैंकिङ्गलाई थप प्रोत्साहन गर्ने निर्णय गरेको छ।

त्यसैगरी शाखा कार्यालयहरुले आकस्मिक अवस्थामा सम्पर्क गर्नको लागि दुई जना सम्पर्क व्यक्ति तोक्ने निर्णय भएको संघले जनाएको छ।

एटिएम नभएका बैंकका शाखा कार्यालयहरु भने केहि समयको लागि अनिर्वाय खोल्ने व्यवस्था गरेको छ। अन्य आवश्यक कार्यको लागि शाखा कार्यालयको सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्नसक्ने संघले जनाएको छ।

संघले कर्मचारी र ग्राहकहरुको स्वास्थ्यलाई पहिलो प्राथामिकतामा राखेर सरकारलाई अफ्ठ्यारो परिस्थितिको सामना सगर्न समर्थन गर्ने जनाएको छ।

बैंकहरुले शाखा कार्यालय खोले पनि ग्राहकहरु भने नआएको बैंकरहरु बताउछन्। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक भन्छन् हिजो पनि ७३ वटा शाखा खोलिएको थियो तर ग्राहकहरु भने त्यति आएनन्। आज पनि केहि शाखा घाटाएर खोल्ने तयारी गरेका छौ।

बैंकहरुले अनलाइन बैंकिङ्गलाई गरेको प्रोत्साहनले गर्दा ग्राहकहरुले धेरै कारोबारहरु अनलाइन मार्फत नै गर्ने गरेका छन्।

बुधबार बैंकले उपत्यकाको काठमाडौँ, ललितपुर र भक्तपुरमा एक–एकवटा शाखा कार्यालय खोल्ने तयारी गरेको छ भने उपत्यका बाहिर पनि रहेका स्थानीय तहमा एक शाखा कार्यालय खोलेर सेवा प्रदान गर्ने तयारी गरीरहेको उनले बताए।

त्यसैगरी नेपाल बैंकले पनि अर्को सूचना प्रकाशित नभएसम्मको लागि प्रत्येक स्थानीय तहमा एक शाखा कार्यालय खोली सेवा प्रदान गर्ने तयारी गरेको जनाएको छ।

अधिकाँश वाणिज्य बैंकहरुले लकडाउनको अवधिमा समेत बैंक खोलेरै सेवा दिने तयारी गरेका छन्। कतिपय बैंकहरुले आफ्नो वेबसाइटमार्फत यस्तो सूचना दिए पनि कतिपयले भने सूचना प्रकाशनमा ल्याएका छैनन्। जसले गर्दा सर्वसाधारणलाई कुन बैंकको कुन शाखा खुल्छ भनेर थाहा पाउन गाह्रो भएको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।