कोरोना प्रभावित व्यवसायले चैत मसान्तसम्म सावाब्याज तिर्नु नपर्ने

Mar 26, 2020 08:35 AM Merolagani



विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण प्रभावित भएका व्यवसायहरुले चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जाको सावा र ब्याज तिर्नु नपर्ने भएको छ।

अर्थमन्त्रीको संयोजकत्वमा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले सो निर्णय गरेको हो। ‘संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिक नभएकोले कोरोनाको संक्रमणका कारण प्रभावित सबै बैंक तथा वित्तीय संस्था (गैरबैकिङ्ग वित्तीय संस्था समेत) हरुले कोरोना प्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली सम्बन्धी कार्य हलका लागि चैत मसान्तसम्म स्थगन गर्ने’ निर्णय सो समितिले गरेको हो।

यसका साथै बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह भएको कर्जाको वर्गीकरण तथा व्यवस्था गर्ने कार्य हाललाई यथास्थितिमा राख्न नेपाल राष्ट्र बैंकले आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।