एनएमबि बैंकको कोरोना रोकथाम कोषमा १ करोड ५१ लाख योगदान

Apr 02, 2020 06:13 PM Merolagani



एनएमबि बैंकले  कोभिड–१९ रोकथाम कोषलाई १ करोड ५१ लाख रुपैयाँ योगदान गरेको छ । उक्त रकम उल्लेखित चेक प्रधानमन्त्री कार्यालयमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले प्रदान गरेका हुन् ।

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ । यस बाहेक बैंकले अनलाइन ब्यापारीहरुसंग पनि सम्झौता गरेको छ ।

जहाँ एनएमबि बैंकको मोबाइल बैंकिङ्ग संरचना अन्तर्गतको क्यूआर कोड मार्फत गरिएको कुल भुक्तानीको १५ प्रतिशत रकम कोभिड–१९ रोकथाम कोषमा प्रदान गरिने पनि बैंकले जनाएको छ ।

“यो विषम परिस्थितिमा हाम्रो प्रत्येक पहल कदमीले हाम्रो समुदायमा दीगो प्रभाव पार्न हातेमालो गर्नेछ । बैंक यस महामारीलाई पराष्त गर्न सरकार र जनतालाई सहयोग पु¥याउने नविनतम विधिहरु र माध्यमहरु अन्वेषण गर्न प्रतिवद्घ छ”, प्रमुख कार्यकारी अधिकृत केसी भने ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।