अर्थात् यी बिरामीहरुमा कोरोना संक्रमित घोषित हुनुअघि संक्रमणको कुनै लक्षण देखिएको थिएन। साउथ चाइना मर्निंग पोष्टको बुधबार प्रकाशित एक रिपोर्टमा यस्ता संक्रमितको संख्या ३० प्रतिशत बताइएको थियो ।
- भारतमा पनि छन् यस्ता संक्रमित ,तर आधिकारिक आंकडा अघि आएन
अमेरिकाको सेंटर फर डिजीज कंट्रोल एंड प्रिवेन्शनका अनुसार अमेरिकामा यस्तो केस २० प्रतिशत देखा परेको छ । सीएनएन,फोर्ब्स र नेचरमा प्रकाशित रिपोर्टका अनुसार सबैभन्दा धेरै जापानमा ३०.८ प्रतिशत,इटलीमा ३० प्रतिशत,ईरानमा २० प्रतिशत ,स्पेनमा २७ प्रतिशत र जर्मनीमा १८ प्रतिशत कोरोना पोजिटिभ भएको केसमा कुनै लक्षण देखिएको थिएन । यस्ता संक्रमित मध्ये धेरैजसो युवा छन् । भारतमा पनि यस्ता धेरै केस पाइएको छ । तर हालसम्म भारत सरकारबाट कुनै आंकडा जारी गरिएको छैन ।
- एसिम्प्टोमेटिक केसमा लक्षण देखिन तीन हप्ता लाग्ने
साउथ चाइना मर्निंग पोष्टको रिपोर्ट अनुसार हुबेई राज्यमा कोरोना संक्रमितको संख्या ९० हजार भन्दा धेरै छ । फरवरी महिनाको अन्त्यसम्म यि मानिस मध्ये लगभग ४३ हजार मानिसमा कुनै लक्षण देखिएको थिएन । लक्षण देखिने न्युन संख्यामा थिए । पछि तिनै मध्यका २० हजारमा कोरोना संक्रमण पोजेटिभ पाइएको थियो । यि संक्रमितमा लक्षण देखिन दुई देखि तीन हप्ता लागेको थियो । संक्रमित पुष्टि नभएसम्म यि मानिस सामान्य र स्वस्थ देखिन्थे । यसकारण शंकामा रहेका हरकोहिलाई १४ दिनसम्म क्वारेन्टाईन अवधिकालागि राख्ने गरिएको हो ।
- दक्षिण कोरियामा सबैलाई शंकास्पद मानेर परिक्षण गरियो
दक्षिण कोरियामा हालसम्म १० हजार भन्दा बढि संक्रमित भएका छन् । ५ करोडको जनसंख्या भएको यस देशमा करिब चार लाख मानिसमा कोरोना परिक्षण भइसकेको छ । दक्षिण कोरियाको सरकारले सबै जनतालाई शंकास्पद मानेर परिक्षण गरिरहेको छ । लक्षण देखिएका र नदेखिएका सबैलाई उक्त देशमा कोरोना परिक्षण भइरहेको हो । रिपोर्टका अनुसार,त्यहाँ २० प्रतिशत मानिसमा संक्रमण भएको पाईयो जसमा कुनै लक्षण देखिएको थिएन । अमेरिका, ब्रिटेन तथा इटलीमा लक्षण देखिएका व्यक्तिहरुलाई मात्र कोरोना परिक्षण गरिएको छ । उक्त रिपोर्टका आधारमा विज्ञहरु भन्छन्, 'त्यसैले अमेरिका,इटली र ब्रिटेन जस्ता देशहरुमा कोरोना संक्रमित संख्या दिनप्रतिदिन बढ्दो छ ।'
सामान्यतया संक्रमित व्यक्तिमा दुई वा तीन दिनभित्र कोरोना भाइरसको लक्षण देखिन सुरु हुन्छ । जस्तै ज्वरो,रुघाखोकी,शरिर दुखाई,साँसप्रश्वासमा समस्या । ३ देखि ५ दिनमा यि लक्षण बढ्दै जान्छ । ५ देखि १० दिनमा साँस फेर्न समस्या हुन्छ र न्युमोनियाको संकेत देखिन सुरु हुन्छ । तर जो एसिम्प्टोमेटिक अर्थात् बिना लक्षणवाला हुन्छन्, उनीहरुमा संक्रमण भैसक्दा पनि लक्षण छिटो देखिदैन । त्यस्ता खालका संक्रमितलाई ज्वरो नआउन पनि सक्छ र आएमा हल्का ज्वरो देखिएर निको हुन सक्छ । कतिलाई रुघाखोकी पनि नलाग्न सक्छ । यस्ता व्यक्तिहरुमा कोभिड १९ को लक्षण देखिन दुई देखि तीन हप्तासम्म लाग्छ ।
- लक्षण बिनाका संक्रमितबाट भाइरस फैलने बढि खतरा
राजीव गांधी सुपर स्पेशियलिटि हस्पिटल,नयाँ दिल्लीका निर्देशक प्रो. बीएल शेरवाल भन्छन्,'लक्षण बिनाका संक्रमित बिरामीका कारण धेरै खतरा हुन सक्छ।' यस्तो अवस्थामा संक्रमित आफैलाई आफू संक्रमित भएको थाहा हुँदैन । उनीहरु मानिसहरुसँग घुलमिल हुन्छन्,घरमा आरामले रहन्छन् ।जसकारण कोरोना भाइरस तिव्र गतिमा फैलन पुग्छ । यस्ता केस सबैभन्दा बढि युवाहरुमा देखिन्छ किनकी युवाको प्रतिरोधात्मक क्षमता वृद्ध र बालबालिकाको भन्दा बलियो हुन्छ । यसकारण जब भाइरस शरिरमा प्रवेश गर्छ तब प्रतिरोधात्मक क्षमता ति भाइरससँग लड्दछ । उक्त प्रक्रियाका दौरान लक्षण देखिनमा समय लाग्छ ।
( अनुवाद : ज्याेति शाह)