केएल दुगड समुहद्वारा नेपालगन्ज कोहलपुर क्षेत्रमा खाद्यान्न सामग्री वितरण

Apr 05, 2020 02:26 PM merolagani



केएल दुगड समुहले बाके जिल्लाको कोहलपुर नगरपालिका वडा न. ७, १४ तथा १५ मा ४०० परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ।

उक्त समुहले चामल १० केजि, चक्की आटा २ केजि, दाल १ केजि, चना १ केजी र धारा तोरीको तेल १ लि. गरी कुल १५ केजी को फेमिली प्याक गरीब, असहाय, अपाङगहरुलाई वडा अफिसको समान्वयमा वितरण गरेको हो।

कोरोना महामारीले गर्दा कोही पनि परिवार भोक भोकै बस्न नपरोस भन्ने हिसाबले वडा कार्यालयले पहिचान गरेका दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने, असहाय, गरीब परिवारहरुलाई खाद्य समाग्री वितरण गरिएको केएल दुगड समुहका प्रदिप छाजेडले बताए।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।