केएल दुगड समुहद्वारा नेपालगन्ज कोहलपुर क्षेत्रमा खाद्यान्न सामग्री वितरण

Apr 05, 2020 02:26 PM merolagani



केएल दुगड समुहले बाके जिल्लाको कोहलपुर नगरपालिका वडा न. ७, १४ तथा १५ मा ४०० परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ।

उक्त समुहले चामल १० केजि, चक्की आटा २ केजि, दाल १ केजि, चना १ केजी र धारा तोरीको तेल १ लि. गरी कुल १५ केजी को फेमिली प्याक गरीब, असहाय, अपाङगहरुलाई वडा अफिसको समान्वयमा वितरण गरेको हो।

कोरोना महामारीले गर्दा कोही पनि परिवार भोक भोकै बस्न नपरोस भन्ने हिसाबले वडा कार्यालयले पहिचान गरेका दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने, असहाय, गरीब परिवारहरुलाई खाद्य समाग्री वितरण गरिएको केएल दुगड समुहका प्रदिप छाजेडले बताए।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।