सनराइज बैंकले दुई हस्पिटललाई पीपीई वितरण गर्यो

Apr 07, 2020 03:36 PM Merolagani



सनराइज बैंक (SRBL) ले भक्तपुर क्यान्सर अस्तपताल र तिलगंगा आखाँ अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीइ वितरण गरेको छ। कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको अवस्थामा बैंकले पीपीई वितरण गरेको हो।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पीपीइ दिएको हो।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्पतालका मेडिकल निर्देशक प्रोफेसर डा. ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पिपिइ र ५०० थान माक्स हस्तान्तरण गरेका हुन्।

साथै, तिलगंगा आखाँ अस्पतालमा पनि ५ थान पीपीइ बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले हस्तान्तरण गरेका छन्।

हालसम्म सनराइज बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० वटाभन्दा बढी पीपीइ उपलब्ध गराईसकेको छ भने अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैंकले जनााएको छ।




जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।