नेपाल पुनर्बीमा कम्पनीको आईपीओ रिजल्ट मेरोलगानीमा, यसरी हेर्नुहोस्

Apr 08, 2020 09:58 AM Merolagani

नेपाल पुनर्बीमा कम्पनी (NRICL) को प्रथमिक शेयर (आईपीओ) बुधबार बाँडफाँड भएको छ । आईपीओ बुधबार बिहान बिक्री प्रबन्धक आरबीबी क्यापिटलको कार्यलयमा बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपीओमा ४० कित्ताभन्दा कम आवेदन गर्ने सबैले माग अनुसार नै पाएका छन् भने ५० कित्ता भन्दा धेरै आवेदन गर्ने मध्ये ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता सम्म शेयर पाएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको आईपीओको नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपीओ (IPO) शिर्षक भित्र रहेको आईपिओ रिजल्ट ( IPO RESULT) मा जानुहोस् ।

त्यसपछि आईपीओको नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी नेपाल पुनर्बीमा कम्पनी छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सकिनेछ ।


comments powered by Disqus

अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना

May 29, 2020 11:42 AM

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभावले बदलीसँगै मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज काठमाडौँ उपत्यकामा बिहानै वर्षा भएको थियो।