सुलभ अग्रवाललाई एक साता हिरासतमा राख्न अनुमति

Apr 08, 2020 01:47 PM merolagani



थर्मल गनको कालोबजारीका कारण पक्राउ परेका शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई थप एक साता हिरासतमा राख्न  काठमाडौं जिल्ला प्रशासनले अनुमति दिएको छ ।

अग्रवालले ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको पाइएकोले महानगरीय अपराध महाशाखाले मंगलबार नक्सालबाट उनलाई पक्राउ गरेको थियो ।

साढे ३ हजा रुपैयाँ हाराहारीमा पाउने उक्त गन अग्रवालले १५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको थियो । अग्रवालको साथबाट ६७ थान थर्मल गन पनि नियन्त्रणमा लिइएको थियो ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।