सुलभ अग्रवाललाई एक साता हिरासतमा राख्न अनुमति

Apr 08, 2020 01:47 PM merolagani



थर्मल गनको कालोबजारीका कारण पक्राउ परेका शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई थप एक साता हिरासतमा राख्न  काठमाडौं जिल्ला प्रशासनले अनुमति दिएको छ ।

अग्रवालले ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको पाइएकोले महानगरीय अपराध महाशाखाले मंगलबार नक्सालबाट उनलाई पक्राउ गरेको थियो ।

साढे ३ हजा रुपैयाँ हाराहारीमा पाउने उक्त गन अग्रवालले १५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको थियो । अग्रवालको साथबाट ६७ थान थर्मल गन पनि नियन्त्रणमा लिइएको थियो ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।