कोरोना संक्रमितका सम्पर्कमा रहेको सबैको कन्ट्याक्ट ट्रेसिङ सकियोः स्वास्थ्य मन्त्रालय

Apr 08, 2020 05:24 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित ८ जनाको सम्पर्कमा रहेका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम पुरा भएको जनाएको छ । मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित सबैको आफन्त तथा नातेदारहरुको कन्ट्याक्ट ट्रेसिङ सकिएको बताएका हुन् ।

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ९ पुगेको छ । त्यस मध्ये एक जना ठीक भएर फर्किसकेका छन् । बाँकी आठ जना मध्ये धनगढीमा ४, बागलुङमा २ र टेकु अस्पतालमा २ जना उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी गराए । उनले डब्ल्युएचओको मापदण्ड अनुसार गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न भइसकेको बताए ।

यस्तै कोरोना भाइरसको लक्षण देखिएकाहरु काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर १ सय २२ जना गरी १ सय ३४ जना आइसोलेसनमा रहेको उनले जानकारी गराए । प्रवक्ता देवकोटाका अनुसार देशभर ८ हजार ५ सय ८० क्वारेन्टाइनमा रहेका छन् ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।