कोरोना संक्रमितका सम्पर्कमा रहेको सबैको कन्ट्याक्ट ट्रेसिङ सकियोः स्वास्थ्य मन्त्रालय

Apr 08, 2020 05:24 PM Merolagani



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित ८ जनाको सम्पर्कमा रहेका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम पुरा भएको जनाएको छ । मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित सबैको आफन्त तथा नातेदारहरुको कन्ट्याक्ट ट्रेसिङ सकिएको बताएका हुन् ।

नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ९ पुगेको छ । त्यस मध्ये एक जना ठीक भएर फर्किसकेका छन् । बाँकी आठ जना मध्ये धनगढीमा ४, बागलुङमा २ र टेकु अस्पतालमा २ जना उपचार भइरहेको प्रवक्ता देवकोटाले जानकारी गराए । उनले डब्ल्युएचओको मापदण्ड अनुसार गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको काम सम्पन्न भइसकेको बताए ।

यस्तै कोरोना भाइरसको लक्षण देखिएकाहरु काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर १ सय २२ जना गरी १ सय ३४ जना आइसोलेसनमा रहेको उनले जानकारी गराए । प्रवक्ता देवकोटाका अनुसार देशभर ८ हजार ५ सय ८० क्वारेन्टाइनमा रहेका छन् ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।