कोभिड १९ अपडेटः १५ लाख नाघ्यो संक्रमितको संख्या, ३ लाख ३० हजारभन्दा बढी निको

Apr 09, 2020 09:02 AM Merolagani



विश्वभर कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या १५ लाख नाघेको छ। अप्रिल ९ (०२ः३८ जीएमटि) सम्ममा विश्वभर १५ लाख १८ हजार ७१९ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन्।

सो अवधिसम्ममा कूल संक्रमितमध्ये ३ लाख ३० हजार ५८९ जना निको भएर घर फर्किसकेका छन् भने ८८ हजार ५०२ जनाको मृत्यु भइसकेको छ।

कुल १० लाख ९९ हजार ६२८ एक्टिभ केसमध्ये १० लाख ५१ हजार ५४९ जनाको अवस्था सामान्य रहेको छ भने ४८ हजार ७९ जनाको अवस्था नाजुक रहेको छ।


अप्रिल ८ का दिन मात्रै कूल ८४ हजार ३८५ जना नयाँ संक्रमित देखिएका थिए। सो दिन कूल २८ हजार १३९ जना निको भएर घर फर्किएका थिए भने कूल ६ हजार ४१४ जनाको मृत्यु भएको थियो।

सो दिनसम्ममा सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा रहेको छ भने सबैभन्दा बढी इटालीमा यस संक्रमणबाट मृत्यु भएको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।