कोभिड १९ अपडेटः १५ लाख नाघ्यो संक्रमितको संख्या, ३ लाख ३० हजारभन्दा बढी निको

Apr 09, 2020 09:02 AM Merolagani



विश्वभर कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या १५ लाख नाघेको छ। अप्रिल ९ (०२ः३८ जीएमटि) सम्ममा विश्वभर १५ लाख १८ हजार ७१९ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन्।

सो अवधिसम्ममा कूल संक्रमितमध्ये ३ लाख ३० हजार ५८९ जना निको भएर घर फर्किसकेका छन् भने ८८ हजार ५०२ जनाको मृत्यु भइसकेको छ।

कुल १० लाख ९९ हजार ६२८ एक्टिभ केसमध्ये १० लाख ५१ हजार ५४९ जनाको अवस्था सामान्य रहेको छ भने ४८ हजार ७९ जनाको अवस्था नाजुक रहेको छ।


अप्रिल ८ का दिन मात्रै कूल ८४ हजार ३८५ जना नयाँ संक्रमित देखिएका थिए। सो दिन कूल २८ हजार १३९ जना निको भएर घर फर्किएका थिए भने कूल ६ हजार ४१४ जनाको मृत्यु भएको थियो।

सो दिनसम्ममा सबैभन्दा बढी संक्रमितको संख्या अमेरिकामा रहेको छ भने सबैभन्दा बढी इटालीमा यस संक्रमणबाट मृत्यु भएको छ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।