डलरको भाउ हालसम्मकै नयाँ उचाइमा, एकैदिन एक रुपैयाँ १९ पैसाले बढ्यो

Apr 09, 2020 10:46 AM merolagani



अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। डलरको भाउ चैत २७ गते बिहीबार एकैदिन १ रुपैयाँ १९ पैसाले बढेर १२२ रुपैयाँ ५० पैसा पुगेको हो।

यस दिन अमेरिकी डलरको खरिद मूल्य भने १२१ रुपैयाँ ९० पैसा कायम भएको छ। अघिल्लो दिन डलरको बिक्री मूल्य १२१ रुपैयाँ ३१ पैसा र खरिद मूल्य १२० रुपैयाँ ७१ पैसा रहेको थियो। 

अहिले कारोना भाइरसको असरको कारण विश्वकै अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ जसले गर्दा विश्वका शेयर बजार समेत उच्च रुपले घटेको छ। केरोना भाइरसकै कारण अन्य क्षेत्रमा भन्दा डलरमा लगानी सुरक्षित देखिएकाले लगानीकर्ता डलरतर्फ आकर्षित हुदा यसको भाउ बढेको हो।