बुटवल पावरको अधिकांश सूचकमा सुधार

May 10, 2020 07:47 AM Merolagani



बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको अधिकांश सूचकहरुमा सुधार देखिएको छ।

सो अवधिसम्ममा कम्पनीले ८९ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १४ करोड ५० लाख रुपैयाँ बढी हो। गत आवको सोही अवधिसम्ममा कम्पनीले ७५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री तथा अन्य आम्दानी बढेसँगै कम्पनीको नाफामा सुधार भएको हो।

चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ५५ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको थियो। गत वर्षको यसै अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ५२ करोड ९७ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १४ करोड ६७ लाख रुपैयाँ बढेर ७५ करोड ५५ हजार पुगेको छ।

२ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको त्रैमासिक प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३८ पैसा रहेको छ भने वार्षिक प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ५० पैसा रहेको छ। यो गत आवको सोही अवधिको तुलनामा ३ रुपैयाँ ४८ पैसा बढी हो। कम्पनीको प्रतिशेयर नेटवर्थ २६८ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७.४१ गुणा रहेको छ। यद्यपि, कम्पनीले वित्तीय विवरणमा वार्षिक मूल्य आम्दानी अनुपात ९.८९ गुणा रहेको उल्लेख गरेको छ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।