गुराँस लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्कसंगै नाफा पनि बढ्यो

May 13, 2020 01:08 PM Merolagani



गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ३५ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २३ करोड ५० लाख रुपैयाँ बढी हो।

गत वर्षको तेस्रा त्रैमाससम्ममा इन्स्योरेन्सले एक अर्ब १२ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

सो अवधिसम्ममा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ४६ करोड ४७ लाख रुपैयाँ, बीमालेख धितो कर्जाबाट ३ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ।

समीक्षा अवधीमा इन्स्योरेन्सको खुद नाफा ८ करोड ३७ लाख ६० हजार रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २ करोड ७१ लाख रुपैयाँ बढी हो। गत वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३६ करोड ६३ लाख, जीवनबीमा कोषमा ७ अर्ब १० करोड ४४ लाख र महाविपत्ती कोषमा ४ करोड ४२ लाख रुपैयाँ संचित छ।

हालसम्म इन्स्योरेन्सले ९ अर्ब १७ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ७ हजार १११ दाबी बापत २४ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १७ दाबी बापत ३९ लाख १० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९० पैसा, प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात ३३.८७ गुणा छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।