डेढ अर्बभन्दा बढीको आईपिओ निष्काशन गरेको नेपाल पूनर्बीमा कम्पनीले पस्कियो यस्तो वित्तीय विवरण

May 14, 2020 08:18 AM Merolagani



लकडाउन अघिमात्रै डेढ अर्बभन्दा बढीको आईपिओ निष्काशन तथा बाँडफाँट गरेको नेपाल पूनर्बीमा कम्पनी (NRICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्ममा जीवन व्यवसायबाट ६ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने निर्जीवन व्यवसायबाट ५६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत आर्थिक वर्षको यसै अवधिसम्ममा जीवन व्यवसायबाट ५ करोड ६७ लाख रुपैयाँ र निर्जीवन व्यवसायबाट ५० करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो।

सो अवधिसम्ममा कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ८१ करोड रुपैयाँ र जीवन व्यवसायबाट १९ करोड ९८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। गत आवको यसै अवधिसम्ममा कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड र जीवन व्यवसायबाट १९ लाख ८६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।

८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा २ अर्ब ५ करोड रुपैयाँ, बीमाकोषमा १ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ। जीवन व्यवसायतर्फको जगेडा कोषमा भने ४८ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।