सिनर्जी पावरको खुद नाफा ३ करोड बढ्यो

May 15, 2020 11:42 AM Merolagani



सिनर्जी पावर डेभलपमेन्ट कम्पनी (SPDL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ।

कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ७ करोड २४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ करोड १ लाख रुपैयाँले बढी हो।

गत आवको चैत मसान्तसम्ममा कम्पनीले ४ करोड २३ लाख मात्र खुद नाफा आर्जन गरेको थियो।

विद्युत बिक्रीबाट आम्दानी बढेसँगै खर्च नियन्त्रण गर्दा कम्पनीको नाफामा सुधार भएको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २ करोड ७३ लाख २५ हजार रुपैयाँ बढेर १६ करोड ८० लाख ४५ हजार पुगेको छ।

कम्पनीको सञ्चालन तथा अन्य खर्चहरु भने १ करोड ६ लाख २३ हजार रुपैयाँले घटेर ९ करोड ५५ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ।

कम्पनीको चुक्ता पूँजी ७० करोड रहेको छ भने जगेडा कोष ७ लाख ७७ हजार ऋणात्मक रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३ रुपैयाँ ८० पैसा, प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ८९ पैसा र मुल्य आम्दानी अनुपात ६.६६ गुणा रहेको छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।