सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क पौने दुई अर्ब माथि

May 17, 2020 11:36 AM Merolagani

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ७७ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १८.२४ प्रतिशत अर्थात २७ करोड ३१ लाख रुपैयाँ बढी हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले एक अर्ब ४९ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस अवधिमा इन्स्योरेन्सले बीमांकिय मुल्यांकन अघि १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४ करोड ९६ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा १३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै, इन्स्योरेन्सले लगानी कर्जा तथा अन्यबाट ४७ करोड ८९ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६० करोड २ लाख ५६ हजार रुपैयाँ, जीवन बीमा कोषमा ६ अर्ब ६४ करोड ३ लाख र महाविपत्ति कोषमा १० करोड १६ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ लाख २३ हजार ६१ बीमालेख जारी गरी १ अर्ब ८० करोड ५ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले ७८४ दाबी बापत २९ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५३५ दाबी बापत ४ करोड ४८ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५५ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात ३२.६४ गुणा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।