चीनले कोरोनाको नमुना नष्ट गराएको प्रमाणित

May 17, 2020 07:06 PM Merolagani



चीनले आफूले कोरोना भाइरसको सुरुवाती नमुना नष्ट गराएको स्वीकार गरेको छ। अमेरिकाले यस विषयमा पहिलेदेखि नै चीनमाथि आरोप लगाउँदै आइरहेको थियो। 

गत महिना मात्र अमेरिकाका विदेश मन्त्रीले चीनले भाइरसको स्याम्पल नष्ट गरेको दाबी गरेका थिए।

न्यूजवीकको रिपोर्टका अनुसार, चीनको नेशनल हेल्थ कमीशनका सुपरभाइजर लीउ डेंगफेंगले जनवरी ३ मा चीनियाँ सरकारले आदेश जारी गरेर अनाधिकृत ल्याबबाट कोरोना भाइरसको स्याम्पल नष्ट गर्नका लागि भनेको स्वीकार गरेका हुन्।

यद्यपी, चीनियाँ अधिकारीले ती आरोपहरुको खण्डन गरेका छन्, जसमा चीनले केही लुकाउने उद्देश्यका साथ भाइरसको स्याम्पल नष्ट गरेको बताइएको थियो।

लीउले भने, 'ल्याबमा जैविक सुरक्षा र अगाडि अरु कुनै घटना नहोस् भन्नका लागि भाइरसलाई नष्ट गर्नका लागि भनिएको थियो।' एजेन्सीको सहयोगमा 

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।