चीनले कोरोनाको नमुना नष्ट गराएको प्रमाणित

May 17, 2020 07:06 PM Merolagani



चीनले आफूले कोरोना भाइरसको सुरुवाती नमुना नष्ट गराएको स्वीकार गरेको छ। अमेरिकाले यस विषयमा पहिलेदेखि नै चीनमाथि आरोप लगाउँदै आइरहेको थियो। 

गत महिना मात्र अमेरिकाका विदेश मन्त्रीले चीनले भाइरसको स्याम्पल नष्ट गरेको दाबी गरेका थिए।

न्यूजवीकको रिपोर्टका अनुसार, चीनको नेशनल हेल्थ कमीशनका सुपरभाइजर लीउ डेंगफेंगले जनवरी ३ मा चीनियाँ सरकारले आदेश जारी गरेर अनाधिकृत ल्याबबाट कोरोना भाइरसको स्याम्पल नष्ट गर्नका लागि भनेको स्वीकार गरेका हुन्।

यद्यपी, चीनियाँ अधिकारीले ती आरोपहरुको खण्डन गरेका छन्, जसमा चीनले केही लुकाउने उद्देश्यका साथ भाइरसको स्याम्पल नष्ट गरेको बताइएको थियो।

लीउले भने, 'ल्याबमा जैविक सुरक्षा र अगाडि अरु कुनै घटना नहोस् भन्नका लागि भाइरसलाई नष्ट गर्नका लागि भनिएको थियो।' एजेन्सीको सहयोगमा 

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।