नेपाली युवा दिवेश पोख्रेल अमेरिकन आईडलको फर्स्ट रनरअप

May 18, 2020 07:59 AM Merolagani



नेपाली युवा दिवेश पोख्रेल अमेरिकन आईडलको फर्स्ट रनरअप घोषित भएका छन् । सोमबार बिहान भएको फाईनल प्रतिष्पर्धामा उपाधी होड नजिक पुगे पनि दिवेशले आईडलको उपाधि उचाल्न भने सकेनन् । अमेरिकन आइडलको विजेता जस्ट साम भएकी छिन् ।

अर्थुर गन नामले परिचित उनी सोमबार बिहान भइरहेको उत्कृष्ठ सात बीचको प्रतिस्पर्धाबाट उत्कृष्ठ पाँचमा छानिएका थिए । लगत्तै भएको  आइडल उपाधि जित्नकालागि भने  उनी असफल भए । 

२२ वर्षे दिवेश काठमाडौं रविभवनमा जन्मिएका हुन् । सन् २०१४ मा अमेरिका गएका उनी आफ्ना परिवारसँग अमेरिकामा बस्दै आएका छन् । 

 

 

पन्ध्र रुपैयाँमा अनलाईन शेयर तालिम लिऔँ, लकडाउनको सदुपयोग गरौँ