Thu, Sep 10, 2026
नेपाली युवा दिवेश पोख्रेल अमेरिकन आईडलको फर्स्ट रनरअप घोषित भएका छन् । सोमबार बिहान भएको फाईनल प्रतिष्पर्धामा उपाधी होड नजिक पुगे पनि दिवेशले आईडलको उपाधि उचाल्न भने सकेनन् । अमेरिकन आइडलको विजेता जस्ट साम भएकी छिन् ।
अर्थुर गन नामले परिचित उनी सोमबार बिहान भइरहेको उत्कृष्ठ सात बीचको प्रतिस्पर्धाबाट उत्कृष्ठ पाँचमा छानिएका थिए । लगत्तै भएको आइडल उपाधि जित्नकालागि भने उनी असफल भए ।
२२ वर्षे दिवेश काठमाडौं रविभवनमा जन्मिएका हुन् । सन् २०१४ मा अमेरिका गएका उनी आफ्ना परिवारसँग अमेरिकामा बस्दै आएका छन् ।
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।