कोरोना बीमा निशुल्क भन्दै प्रचार प्रसार नगर्न बीमा समितिको निर्देशन

May 18, 2020 12:34 PM Merolagani




बीमा समितिले कोरोना बीमा निशुल्क भन्दै प्रचार प्रसार नगर्न बीमा कम्पनी तथा अन्य संस्थाहरुलाई निर्देशन दिएको छ । समितिबाट सबै निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमा गर्ने स्वीकृत गरिएको कोरोना बीमालेखसंग जोडेर केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र निशुल्क कोरोना बीमा गरीदिने भन्ने तथ्य आएकोले त्यसो नगर्न निर्देशन दिएको हो ।

यस्तै निर्जीवन बीमा गर्ने बीमक बाहेक अन्य संस्थाहरुले कोरोना बीमासंग जोडेर आफ्नो सेवा तथा विज्ञापन नगर्न निर्देशन दिएको छ ।

बीमा समितिको निर्देशन अनुसार वैशाख १२ गतेदेखि निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमालेख बिक्री शुरु गरेका थिए।

कोरोना बीमा अन्तर्गत 'क' र 'ख' बीमाङ्क कायम गरिएको छ। कम्पनीहरुले एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङ्कको दुई बीमालेख जारी गरेका हुन्।

एक लाख बीमाङ्कका लागि व्यक्तिगत रुपमा बीमा गर्दा प्रति व्यक्ति एक हजार रुपैयाँ र सम्पूर्ण परिवारको सदस्यको समेत गर्ने गरी बीमा समावेश भएमा प्रतिव्यक्ति ६ सय रुपैयाँ बीमाशुल्क कायम गरिएको छ।

यस्तै, ५० हजार रुपैयाँ कुल बीमाङ्क रकमको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवारको सम्पूर्ण सदस्यको बीमा गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँ बीमा शुल्क निर्धारण गरिएको छ।

दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजेटीभ हुन साथ दाबीमा गर्न सकिनेछ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।