आँधिखोलाको खुद ब्याज आम्दानी ५९ प्रतिशत बढ्यो, खुद नाफा कति?

May 18, 2020 01:45 PM Merolagani



आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड (AKBSL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५९ प्रतिशत बढेको छ।

गत अर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस लघुवित्तले चालु आवको सोही अवधिसम्ममा ४ करोड ३० लाख रुपैयाँ यस्तो आम्दानी गरेको छ। खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएपनि लघुवित्तको खुद नाफा भने सामान्य मात्र बढेको छ।

गत आवको चैत मसान्तसम्ममा १ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले चालु आवको सोही अवधिसम्ममा १ करोड १७ लाख खुद नाफा कमाएको छ। खुद नाफा उल्लेख्य बढेपनि खर्च र निष्क्रिय कर्जा बढेपछि लघुवित्तको खुद नाफा प्रभावित भएको हो।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.८५ प्रतिशतबाट बढेर ४.४४प्रतिशत पुगेको छ। यससँगै गत आवको तेस्रो त्रैमाससम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा साढे ७२ लाख रुपैयाँ छुट्याएको यस लघुवित्तले चालु आवको सोही अवधिसम्ममा १ करोड ६ लाख रुपैयाँ छुट्याएको छ।
१० करोड चुक्ता पूँजी रहेको यस लघुवित्तले चालु आवको चैत मसान्तसम्ममा ३ करोड १८ लाख रुपैयाँ जगेडा कोषमा सञ्चय गरेको छ। गत आवको सोही अवधिसम्ममा लघुवित्तको जगेडा कोषमा ३८ लाख रुपैयाँ सञ्चित थियो।

लघुवित्तले २७ लाख ९० हजार रुपैयाँ निक्षेप र ३४ करोड २८ लाख रुपैयाँ सापटीबाट ७० करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। गत आवको सोही अवधिमा लघुवित्तले १९ करोड ४० लाख रुपैयाँ निक्षेप र ३७ करोड ९५ लाख रुपैयाँ सापटीबाट ६० करोड ९४ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।