लोक सेवा आयोगका सबै परिक्षा स्थगित

May 18, 2020 07:14 PM Merolagani



कोरोना महामारीका कारण अर्को व्यवस्था नभएसम्मकालागि लोक सेवा आयोगका सबै परिक्षाका कार्यक्रमहरु स्थगित भएको छ ।

सोमबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो ।

लोक सेवाले निकालेको सुचनाको पुर्ण पाठः
कोरोना भाईरस रोग (काेभिड १९)का कारण सिर्जना भएको स्वास्थ्य सुरक्षा सम्बेदनशीलतालाई दृष्टिगत गर्ने आयोगबाट सञ्चालन हुने लिखित परीक्षा, अन्तर्वार्ता लगायतका सम्पूर्ण परीक्षा कार्यक्रम तगा विज्ञापनहरु समेत अर्को व्यवस्था नभए सम्मका लागि स्थगन भएकोमा नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७७/०१/१४ मा भएको निर्णय समेतलाई मध्यनजर गर्दै आज मिति २०७७/०२/०५ मा बसेको आयोग बैठकको निर्णयबाट निम्न व्यवस्थाहरु गरिएको छ ।

निजामति सेवाको पदपूर्ति कार्यक्रम सम्बन्धमा :

१) लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्यतालिका निर्धारण गरी पछि प्रकाशन गरिनेछ ।
२) कुनै चरणको परीक्षा कार्यक्रम ( प्रथम चरण परीक्षा/लिखित परीक्षा/प्रयोगात्मक परीक्षा आदि) पूर्ण वा आंशिक रुपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात बाँकी सम्पूर्ण परीक्षाहरको नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिनेछ ।
३) दरखास्त संकलन भैसकेका तर कुनैपनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनका हकमा नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गरिएको छ ।
४) २०७६/११/२८ मा प्रकाशित राजपत्र अनंकित द्वितीय श्रेणी ( अप्राविधिक ) बरिदार वा सो सरह का लागि भएका विभिन्न विज्ञापनहरुमा दरखास्त लिने कार्य २०७७ /०२/९ गते शुक्रबार देखि बन्न गर्ने निर्णय भएको छ । दरखास्त युझाई सकेका तर दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारहरुका लागि स्थिति सामान्य भएपश्चात निश्चित अवधि तोकी बस्तुर बुझाउने प्रबन्ध गरिने छ । नेपाल सरकारवाट अर्को निर्णय भई नआएसम्मका लागि उक्त बिज्ञापनहरुको परीक्षा कार्यक्रम स्थगन गरिएको छ ।
५)आयोगको स्वीकृत वार्षिक कार्यतालिका बमोजिम विज्ञापन हुन बाँकी रहेका पदहरको विज्ञापन प्रकाशनको कार्य हाललाई स्थगन गरिएको छ । न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाका पत्रका विज्ञापनको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिनेछ ।

सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षा सञ्चालन सम्बन्धमा :

७) कुनैपनि चरणको परीक्षा कार्यक्रम (शारिरीक तन्दुरुस्ती परीक्षण, आई.क्यू. परीक्षा, प्रगम चरपा परीक्षा ,लिखित परीक्षा वा अन्य यस्तै प्रकारका परीक्षाहरु) भई सकेका वा परीक्षा प्रकृयामा प्रवेश गरि सकेका निकाय र संस्थाका लिखित परीक्षा सञ्चालन हुन बाँकीको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरि सार्वजनिक गरिनेछ ।
८) संबन्धित निकाय र संस्थाबाट विज्ञापन प्रकाशन गरिसकेको तर आयोगवाट परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका निकाय र संस्थाका विज्ञापनको परीक्षा कार्यक्रम नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि स्थगन गरिएको छ ।

 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।