राष्ट्र बैंकले फेर्याे सातवटा विभाग तथा कार्यलयहरुको नाम, के के राखियाे नयाँ नाम ?

May 20, 2020 12:31 PM merolagani



नेपाल राष्ट्र बैंकले आफ्ना साउन १ गतेदेखि लागु हुने गरी सात वटा विभाग तथा कार्यालयको नाम परिवर्तन गरेको छ।

केन्द्रिय बैंकले सामान्य सेवा विभागको नाम परिवर्तन गरी सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग राखेको छ भने अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग राखेको छ।

त्यस्तै लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग राखिएको छ भने संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम ब्यवस्थापन विभाग, बैंकिङ कार्यालयको नाम बैंकिङ विभाग, सूचना प्रविधि विभागको नाम सूचना प्रविधि महाशाखामा र उपत्यका बाहिरका कार्यालयहरुको नाम प्रदेशस्थित कार्यालयहरु कायम गरिएको छ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।