राष्ट्र बैंकले फेर्याे सातवटा विभाग तथा कार्यलयहरुको नाम, के के राखियाे नयाँ नाम ?

May 20, 2020 12:31 PM merolagani



नेपाल राष्ट्र बैंकले आफ्ना साउन १ गतेदेखि लागु हुने गरी सात वटा विभाग तथा कार्यालयको नाम परिवर्तन गरेको छ।

केन्द्रिय बैंकले सामान्य सेवा विभागको नाम परिवर्तन गरी सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग राखेको छ भने अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग राखेको छ।

त्यस्तै लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागको नाम लघुवित्त संस्था सुपरिवेक्षण विभाग राखिएको छ भने संस्थागत योजना विभागको नाम संस्थागत योजना तथा जोखिम ब्यवस्थापन विभाग, बैंकिङ कार्यालयको नाम बैंकिङ विभाग, सूचना प्रविधि विभागको नाम सूचना प्रविधि महाशाखामा र उपत्यका बाहिरका कार्यालयहरुको नाम प्रदेशस्थित कार्यालयहरु कायम गरिएको छ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।