विश्व बैंकद्वारा एकसय देशलाई एक खर्ब ६० अर्ब डलर सहायता

May 21, 2020 02:16 PM Merolagani



विश्व बैंकले कोरोना भाइरसका कारण उत्पन्न विश्वव्यापी संकटको सामना गर्नका लागि एकसय विकासोन्मुख देशहरुलाई एक खर्ब ६० अर्ब डलरको आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेको छ । यो पूरै सहायता १५ महिनाको अवधिमा दिइने बताइएको छ । 

विश्व बैंकका अध्यक्ष डेभिड माल्पोसले ६ करोड मानिसहरु गरिबीको चपेटामा फस्न सक्ने कुरामा जोड दिदैँ भने, विश्व बैंक समूहले तीव्र कदम उठाएको छ र एकसय देशमा आपतकालीन अभियान सुरु गरेको छ ।

विश्व बैंकले विश्वभरमा कोरोना संकटले करोडौँ मानिसहरुलाई ठूलो समस्यामा पारेको भन्दै यसबाट ६ करोडभन्दा धेरै मानिसहरु गरिबीको चपेटामा फस्ने बताएको छ ।

यसका साथै हालसम्म पूरै विश्वभर गरिबी उन्मुलनको दिशामा जति पनि प्रगति हासिल गरिएको छ, त्यो पनि कोरोना संकटका कारण अन्त्य हुने बताइएको छ । एजेन्सी 




अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट, कारण यस्तो

Oct 22, 2025 06:06 AM

२१ अक्टोबर, अर्थात मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च गिरावट देखिएको छ। पछिल्ला केही महिनादेखि उच्च दरमा बढेर दैनिक जसो नयाँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यमा मंगलबार करिब ६ प्रतिशतसम्मको गिरावट भएको छ।